मोरङ । पूर्बी मोरङको बिभिन्न खोलाहरुबाट निर्माण सामाग्री (ढुङ्गा, मिक्स गिटी, बालुवा) अबैध उत्खनन र ओसारपसार हुने गरेको खुलेको छ ।
गैर कानुनी रुपमा उत्खनन भएको निर्माण सामाग्री मोरङको इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रण लिएर कार्बाहीको गर्न थालेको छ ।
पूर्बी मोरङको विभिन्न स्थानीय तहहरुमा पर्ने खोलाहरुमा कोरोना भाइरस लगायतको कारणले आर्थिक बर्ष २०७७/०७८ को खोला ठेक्का लगायतको छैन ।
केही नगर तथा गाउँपालिकाले अमानतमा मासाग्री झिक्न अनुमती दिएपनी पथरीशनिश्चरे, लेटाङ नगरपालिकाले त्यो अनुमती दिएको छैन ।
लेटाङ नगरपालिकाको तेलि खोला र उर्लाबारीको सुनजोरा खोलाबाट गैर कानुनी रुपमा निर्माण सामाग्री आउन थापेपछी इलाका प्रहरी कार्यालय पथरी नियन्त्रण लिएर कारबाही प्रक्रिया अघि बढाउन थालेको हो ।
लेटाङको जाँते पूर्बमा रहेको तेलि खोलाबाट ढुङ्गा, गिटी लिएर आएको ट्रीपर र ट्याक्टर पक्रेर कार्बाही चलाउन थालेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीले बताए ।
गएको हप्ता दिनमा गैर कानुनी रुपमा निर्माण सामाग्री लिएर आउने १० वटा ट्याक्टर र दुई वटा ट्रीपरलाई कार्बाही गरिएको प्रहरी प्रमुख गिरीले बताए ।
जातेबाट निर्माण सामाग्री लिएर दक्षिण पथरी आएको को २ त ८८५, को २ त ८६७०, को २ त ७४६२, को २ त ७८३८, को २ त १४८, को २ त ४८२६, को १ त ५२४६, को १ त ८४६६, मे १ त ५९३६ र मे १ त ७०२६ नम्बरको ट्याक्टर कार्बाहीमा परेको हो ।
त्यसै गरि ढुङ्गा लिएर हिडेका ना १ क ८६१५
को १ क ३४१७ ट्रीपर पनि कार्बाहीमा परेको छ ।
अबैधानिक ढंङ्गबाट उत्खनन गरि ल्याएको दुई वटा ट्याक्टर उर्लाबारी, एउटा पथरीशनिश्चरे र बाँकी दुई ट्रीपरसहित बाँकी सात वटा ट्याक्टर लेटाङ नगरपालिका मार्फत गार्बाही भएको प्रहरी प्रमुख डीएसपि दिलिपकुमार गिरीले बताए ।
नगरपालिकाको कानुन अनुसार अबैध रुपमा ढुङ्गा बोक्ने प्रती ट्याक्टरलाई १५ हजार र ट्रीपरलाई २५ हजार जरिवानाको ब्यबस्था रहेको छ ।
कार्बाहीको लागि नियन्त्रणमा परेको मालबाहक साधनहरुलाई सोही अनुसार नगरपालिकाको रसित काटेर आएपछि मात्र छाडिने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला समन्वय समितिको परामर्समा जाँतेबाट स्ट्क अडर अनुमाती सकिएको मिक्स गिट्टी बोकेर आएको छ वटा ट्रीपरलाई फर्काए सोही स्थानमा अनलोड गर्न लगाएको प्रहरी प्रमुख गिरीले बताए ।
लेटाङको तेलि, उर्लाबारीको सुनजोरा र पथरीशनिश्चरेको डास खोलाबाट बेलाबेलामा अबैध उत्खनन र धुवानी हुने गरेको छ । समयमा खोला टेन्डर लाउन नमिलेपछि बेलबारी नगर र कानेपोखरी गाउँपालिकाले कार्यपालिकामा निर्णय गराएर अमानतमा सामाग्री निकाल्दै आएको छ । लेटाङ र पथरीशनिश्च्रे नगरले ठेक्का लाउन बाँकी रहेको छ ।