अर्जुन जम्नेली राई
मोरङ । मोरङको पथरीमा आज (बिहिबार)देखि "टेन्सबर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग—२०७७’ सुरु हुदैछ ।
संजिप गिरीको संयोजकत्वमा रहेको पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिले लिग गराउन लागेको हो । फुटबल लिगको उद्धाटन पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बस्तोलाबाट हुनेछ ।
पथरी रंगशालामा आज अपरान्ह २ बजे पहिलो खेल हिमाअस हाइवे फुटबल क्लम र शिखर फुटबल क्लबवीच प्रतिष्प्रर्धा हुने आयोजक समितिको सचिव मनि सुब्बाले बताए ।
हिमाअस हाइवे फुटबल क्लव रुपेश तामाङले कोचको भूमिकामा छन । यो टिमबाट मनोज गुरुङ, असिम राई, दावा तामाङ लगायतका खेलाडि मैदानमा उत्रिनेछन् ।
त्यसैगरी शिखर फुटबल क्लवले सुजन बस्तेतले कोचिङको चन्द्रप्रसाद लिम्बू, दिलिप धिमाल लगायतका खेलाडिहरु मैदानमा आउनेछन ।
पहिलो पथरीशनिश्चरे फुटबल प्रिमियर लिग
लिगमा नगरपालिकाको हेरिका न्यु स्टार, सिरिजंङ्गा, १० नबोदय, देविगंञ्ज, वाइजीएफटी, द रियल ब्रोदर्श, हिमाअस र शिखर गरि आठ वटा क्लब सहभागी छन । लिग जित्ने उदेश्यले आठैवटा क्लबले १८ जनाको दरले १४४ जना खेलाडीहरुलाई फुटबल प्रशिक्षण गराएका छन ।
आठ टिमलाई दुई वटा पोलमा बिभाजित गरेर पहिलो चरणमा लिग गराइने छ । लिगमा उच्च अंक ल्याउने २-२ वटा टिमले उपाधिको लागि नकआउट खेल्नेछन । संघीय गणतन्त्र लागू भएपछि स्थानीय तहमा नेपालकै पहिलो लिग भएको फुटबलर समेत रहेका आयोजक दीपक राईको दाबी छ ।