• अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरीमा आज (बिहिबार)देखि "टेन्सबर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग—२०७७’ सुरु भएको छ ।

    उदघाटन खेलमा शिखर फुटबल क्लब र हेमाअस हाइवे फुटबल क्लब २ बराबर गोल गर्दै १-१ अंक बाँडेको छ ।

    खेल सुरु भएको २६ औं मिनेटमा हेमाअसको लागि किमजोङ राईले प्रतियोगिताको पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पहिलो हापको अन्तिम ३ मिनेट रहदा हेमाअसकै अमर याक्खाले अर्को गोल थपेर २-० गोल अन्तर बनाएका थिए ।

    दोस्रो हापको २५ औं र ३८ औं मिनेटमा दिलिप धिमाल र सुक्र राईले गोल गर्दै बराबरीमा पुर्‍याएर खेलमा रौनक ल्याएका थिए । उदघाटन खेलको म्यान अफ द म्याच शिखर एफसीको सौरा राउत घोषित भए ।

    पथरी रंगशालामा भएको खेलमा हिमाअस हाइवे फुटबल क्लवबाट मनोज गुरुङ, असिम राई, दावा तामाङ लगायतका खेलाडि मैदानमा उत्रिएका थिए ।

    त्यसैगरी शिखर फुटबल क्लवमा चन्द्रप्रसाद लिम्बू, दिलिप धिमाल लगायतका खेलाडिहरु मैदानमा थिए ।

    भोलि(सुक्रबार)को खेल हेरिका न्युस्टार र सिरिजंङ्गा फुटबल क्लबबीच प्रतियोगित हुने आयोजक समितिका सहसंयोजक बिक्की राईले बताए ।

    उद्धाटन पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले खेलको उद्घाटन गर्दै लिगको आधारमा १ नम्बर प्रदेशमै पहिले भएकोले आयोजकलाई शुभकामना दिएका थिए ।

    कार्यक्रममा मोरङ फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा १ नम्बर प्रदेशको मुख्यमन्त्रीको जनसम्पर्क प्रमुख रामकुमार बस्नेत, नेपाली काग्रेस क्षेत्रीय सभापती गणेश खड्का, नेकपा पथरीशनिश्चरे इन्चार्ज दिनानाथ तिम्सिना, पथरी उधोग वाणिज्य संघको उपाध्यक्ष बिजय डाँगी, पूर्ब अध्यक्ष धनकुमार तामाङ, इलाका प्रहारी कार्यालय प्रमुख डीएसपी दिलिपकुमार गिरी लगायतको उपास्थिती रहेको थियो ।

    खेलाडि उत्पादनको मुख्य उदेश्य राखेर भएको पहिलो प्रिमियर लिगमा नगरपालिकाको हेरिका न्यु स्टार, सिरिजंङ्गा, १० नबोदय, देविगंञ्ज, वाइजीएफटी, द रियल ब्रोदर्श, हिमाअस र शिखर गरि आठ वटा क्लब सहभागी छन । लिग जित्ने उदेश्यले आठैवटा क्लबले १८ जनाको दरले १४४ जना खेलाडीहरुलाई फुटबल प्रशिक्षण गराएका छन ।

    आठ टिमलाई दुई वटा पोलमा बिभाजित गरेर पहिलो चरणमा लिग गराइने छ । लिगमा उच्च अंक ल्याउने २-२ वटा टिमले उपाधिको लागि नकआउट खेल्नेछन । संघीय गणतन्त्र लागू भएपछि स्थानीय तहमा नेपालकै पहिलो लिग भएको फुटबलर समेत रहेका आयोजक दीपक राईको दाबी छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…