काठमाडौं २०७४ माघ २९ गते
पशुपतिनाथमा महाशिवरात्रिमा आएका साधुमध्ये आइतबारबाट नागा साधुको सेवा सुरु भएको छ ।
एकादशी बिहान आफ्ना कपडा खोलेर झण्डै ५ सय नागा बाबा पशुपति क्षेत्रभित्र प्रवेश गरेका छन् ।
गुठी संस्थानले एकादशीबाट नागा साधुको र द्वादशीदेखि अन्य साधुको सेवा गर्ने परम्परा छ ।
शरीरभरी विभूत घसेर नांगै उभिएका बाबा पशुपतिनाथ परिसरमा यत्रतत्र बसेका छन् ।
जोगीका चार सम्प्रदायमध्ये नागा सन्यासी अन्तर्गत पर्छन् ।
पशुपतिमा चारै सम्प्रदायका जोगी आउने गर्छन् चार सम्प्रदायमा सन्यासी, वैष्णव, नानक र उदासी सम्प्रदाय पर्छन् ।