काठमाण्डु, २०७४ माघ २९ गते
मुख्यमन्त्रीको दाबी गर्दै आएका केशव स्थापित प्रदेश ३ को सरकारमा मन्त्री बन्ने भएका छन् मुख्यमन्त्रीमा डोरमणि पौडेलले शपथ ग्रहण लिएसँग सरकार निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
एमालेनिकट स्रोतकाअनुसार एमाले प्रदेशसभा सांसद स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने पक्का भएको छ ‘केशव स्थापितजी मन्त्री बन्ने लगभग पक्का भइसकेको छ’, स्रोतले काठमाण्डुटुडेसँग भन्यो, ‘माअोवादीबाट मन्त्रीको नाम आइसकेपछि शपथ ग्रहणको मिति टुंगो लाग्छ, केही समय धैर्य गरौं छिट्टै टुंगोमा पुगिन्छ ।’
माअोवादीले पनि केही दिनभित्रै आफ्ना मन्त्रीहरुको नाम बुझाउन तयारी रहेको स्रोतको दाबी छ माओवादी केन्द्रले संसदीय दलका नेता शालिकराम जम्मरकट्टेललाई मन्त्री बनाउने तयारी गरेको छ । तर, मन्त्रालयमा सहमति हुन नसक्दा नाम दिएको छैन ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जम्मरकट्टेलको दाबी रहेको छ ।