•     काठमाडौं   २०७४ माघ २९ गते


    नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसमा सामन्तवाद हावी भएको आरोप लगाएका छन्  काँग्रेसले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सदस्यहरुको नामावली तय गर्दै गर्दा आफ्नो पक्षको भेलामा बोल्दै सिटौलाले नेतृत्वका कारण काँग्रेस सामन्तवादतर्फ उन्मुख भएको आरोप लगाएका हुन्  राजधानीको भाटभटेनीमा भएको कार्यक्रममा उनले शेरबहादुर देउवा नेतृत्व पूर्णत असफल भएको बताए ।

    चुनावी समीक्षा संगसंगै अबको रणनीति बुन्नसमेत बसेको छलफलमा नेता सिटौलाले कार्यकर्ता तहलाई उत्साही बनाउन नेतृत्वले कुनै पनि जिम्मेवारी भूमिका खेल्न नसकेको बताए ।सिटौलाले नेतृत्व विधि र विधानलाई पालना गर्नुभन्दा पनि उल्लंघन गर्नमा रमाएको दाबी गरे ।

    चुनावी रणनीतिमा नेतृत्व असफल भएको भन्दै नेता सिटौलाले नेतृत्व तहमा देखिएको वेथितीको पराकाष्टाले सिंगो काँग्रेसलाई असर परेको बताए  नेता सिटौलाले कांग्रेसलाई र देर्श हाक्न सक्ने बनाउन र गति दिन सक्ने बनाउन आवश्यक रहेको भन्दै रणनीतिमा फेल भएको नेतृत्वले पार्टी हाँक्न सक्ने हैसियत गुमाएको स्पष्ट पारे ।

    त्यसैगरी नेता गगनकुमार थापाले पार्टी ठूलो परिवर्तनको फड्को मारेर अघि बढेर आएको भन्दै अब अर्को फड्को कांग्रेसकै नेतृत्वमा आवश्यक रहेको बताए  संविधानको नेतृत्वकर्ता कांग्रेसनै भएको भन्दै थापाले अबको नेतृत्व वर्तमान पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा सम्भव नभएको स्पष्ट पारे ।

    काँग्रेसलाई सुदृढ बनाउन अब नीति र रणनीतिसँगै नेता कार्यकर्ता तहमा सोच र व्यवहारमा पनि परिवर्तन हुन जरूरी रहेको समेत बैठकको निष्कर्ष छ  बैठकमा सिटौला र थापासंगै , रक्षा मन्त्री भीमसेन दास प्रधान, उमाकान्त चौधरी, धना खतिवडा, प्रदीप पौडेलसहितका नेता तथा कार्यकर्ता सहभागी रहेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…