काठमाडौं माघ २९ गते
विश्व क्रिकेट लिग डिभिजन २ को चौथो खेलमा केन्याविरुद्ध खेलिरहेको नेपाललाई सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका छन। नेपालका लागि सन्दीप लामिछानेले डीएम गोन्डारियलाई ४ रनमा आउट गरेका छन्। उनले १८ ओभरको चौथो बलमा गोन्डारियालाई आउट गरेका हुन्। नेपालका लागि पहिलो विकेट पनि सन्दीपले नै दिलाएका थिए। पहिलो विकेट लिने क्रममा लामिछानेले केन्याका एए ओवान्डालाई ४१ रनमा आउट गरे। सन्दीपले १७ ओभरको अन्तिम बलमा ओवान्डालाई बोल्ड गरेका हुन्। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। नेपालका बलरहरुमाथि केन्याका ब्याट्सम्यान हावी भएका बेला सन्दीपले लगातार २ विकेट लिएका हुन्।