काठमाडौं। नेपाली युवा लेगस्पिनर सन्दिप लामिछानेले शानदार प्रदर्शनलाई जारी राखेका छन् । आज भइरहेको केन्याविरुद्धको खेलमा सन्दिपले आफ्नो पहिलो ओभरमै विकेट लिएका छन् ।
सुरुका १६ ओभरसम्म कुनै विकेट लिन नसकेपछि दबाबमा परेको नेपाललाई सन्दिपले नै पहिलो सफलता दिलाए । १७ औं ओभरमा बलिङमा आएका सन्दिपले आफ्नो पहिलो ओभरमै केन्यामा एलेक्स ओबान्डालाई बोल्ड गरिदिए । १७ औं ओभरको अन्तिम बलमा सन्दिपले विकेट लिएका हुन् । १७ ओभरको खेल सकिँदासम्म केन्याले १ विकेटको क्षतिमा ६५ रन बनाएको छ ।