• विराटनगर /मोरङको उर्लाबारीस्थित सञ्चार क्लबले चारजना पत्रकारलाई पुरस्कृत गरेको छ ।

    आफ्नो १४ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा क्लबले पत्रकार हरि कोइराला, केदार चौहान, तेजन खड्का र रञ्जना निरौलालाई पुरस्कृत गरेको हो ।

    उनीहरुलाई उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले चारैजना पत्रकारलाई दोसल्ला ओढाएर जनही ५ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए । २०६० सालमा स्थापित क्लबमा उर्लाबारीसहित आसपासका क्षेत्रमा क्रियाशील ४४ जना पत्रकार आबद्ध छन् ।

    कार्यक्रममा मेयर फागोले सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह समेत गरे । उनले जनप्रतिनिधिले गरेका राम्रा र नराम्रा कामलाई तथ्यसहित निर्धक्क भएर सम्प्रेषण गर्नु पर्नेमा जोड दिए । “विकास निर्माण र सुशासन स्थापना गर्न पत्रकारको भूमिका गहन हुन्छ,” उनले भने, “त्यसका लागि पत्रकारले यथार्थपरक समाचार लेख्नुपर्छ ।”

    कार्यक्रममा पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदित, प्रेस चौतारी मोरङ सचिव सुदीप कोइराला, पुरस्कारका संस्थापक जयधर्म आचार्य र दुर्गाप्रसाद खतिवडाले संघीयता कार्यान्वयनमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए । उहाँहरुले संघीयता कार्यान्वयनमा बल पुग्ने गरी कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । सञ्चार क्लबका अध्यक्ष घनश्याम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी व्यवसायीका साथै सञ्चारकर्मीहरुको सहभागिता थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…