• २९ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले केन्याविरुद्ध १७८ रनको लक्ष्य पाएको छ ।



    नामिबियामा भएको खेलमा पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनायो ।

    केन्याका लागि इरफान करिमले ४२, एलेक्स ओबान्डाले ४१, धिरेन गोन्डारियाले २७ र नेल्सन ओडियाम्बोले नटआउट २४ रन जोडे ।

    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दे २० रन खर्चेर ५ विकेट लिएका हुन् ।

    टस जितेर नेपालले पहिले फिल्डिङ गरेको खेलमा सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले पनि १/१ विकेट लिए ।

    नामिबियामा भइरहेको डिभिजन टू को अहिलेको खेलमा नेपालले केन्यासँग पाएको लक्ष्य सबैभन्दा बढी हो । यसअघि नेपालले नामिबिया, ओमान र युएईसँग प्रतिस्पर्धा गरेको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…