•   काठमाडौं  २०७४ माघ २९ गते


      एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई लिएर आशंका व्यक्त भइरहेका बेला प्रमुख दुई नेता केपी शर्मा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ ।





    नेताहरुका अनुसार केही दिनमै ‘छिट्टै पार्टी एकता’ हुने सन्देश दिने प्रयास भइरहेको छ ।

    वार्तामा के भयो भन्ने दुवै पक्षले खुलाएका छैनन् ।एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड ललितपुरको मानभवनस्थित शारदाप्रसाद अधिकारीको निवासमा भेटेका हुन् । अधिकारी प्रचण्ड निकट निर्माण व्यवसायी मानिन्छन् ।

    तर, दुवै दलका नेताहरुले शीर्ष दुई नेताबीच भएको संवाद सकारात्मक रहेको बताएका छन् । एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘टुंगिने चरणमा छ भन्ने संकेत पाएको छु ’स्रोतका अनुसार दुई नेताबीच नेतृत्वको मोडालिटीबारे छलफल भइरहेको छ तर, टुंगिएको छैन ।

    माओवादीले ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको दाबी गर्दै आएको छ । तर, ओली तत्काल अध्यक्ष पद हस्तान्तरण गर्ने पक्षमा देखिएका छैनन् ।

    पछिल्लो पटक एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष दिने र महासचिव एमालेले राख्ने प्रस्ताव अघि सारेका छन् । ०४७ मा माले र मार्क्सवादी एकीकरण गर्दा जस्तो सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ ।

    ओली र प्रचण्ड दुई सहअध्यक्ष बन्ने प्रस्ताव  संक्रमणकालका लागि संयुक्त नेतृत्वको व्यवस्था  पनि छलफलमा छ । एकीकृत पार्टीमा तत्काल प्रचण्ड वा ओलीको एकल नेतृत्व सम्भव नभएको भन्दै स्रोतले भन्यो, यसकै छेउछाउ त्यतातिर पो जानुपर्छ कि भन्ने छ ।’

    माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले एकताबारे सकारात्मक छलफल भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘सरकार गठन अगाडि पार्टी एकताको प्रारुप तयार हुन्छ । सरकार गठन भएपछि केही समयमा नै पार्टी एकता घोषणा हुन्छ ।’



सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…