•   २०७४ माघ २९ 


    धनकुटा– पाख्रीवास नगरपालिका वडा नं.७ मुगाकी मुटु रोगी वर्ष ९ कि अनिषा वराईलीलाई प्र्रवासवाट पठाइएको आर्थिक सहयोग रकम सोमवार हस्तान्तरण गरिएको छ ।
    धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.५ घर भै कत्तारमा कार्यरत दुर्गा कुँवर, रामेछाप घर भएका ओमनमा कार्यरत अर्जुन कार्की र वन्दीपुर सिराह घर भएका हेम रोक्काको विशेष पहलमा सहयोग प्राप्त रकम ३६ हजार, १ सय ८३ रुपयाँ सोमवार हस्तान्तरण गरिएको हो ।

    सहयोग प्राप्त रकम नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबावु श्रेष्ठले मुटु रोगी वालिका वर्ष ९ कि अनिषा वराईली र निजकी आमा फूलमाया वराइएलीलर वुवा च्रन्द्र वहादुर विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् ।



    सो अवसरमा जिल्ला समन्वय समिति धनकुटा सदस्य आयुस्मा गहतराज, कान्तिपुर सम्वादाता रमेश चन्द्र अधिकारी, ब्लाष्टकर्मी सन्तवीर लामा र धनकुटा खवर डट कम धनकुटा प्रतिनिधि नारयण आठपहरियाको रोहवरमा सो रकम हस्तान्तरण गरिएको हो ।

    वालिकाका वुवा चन्द्र वहादुर विश्वकर्माका अनुसार यो भन्दा पहिले वालिकालाई उपचार गराउँदा ७५ हजार रुपयाँ विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खर्च भै सकेको र अव थप उपचारको लागी ३ लाख रुपयाँ लाग्ने अस्पतालले जनाएको वताएका छन्

    उनले आफ्नो आर्थिक अवस्था कम्जोर भएको कारण छोरीको मुटुको अप्रेसन गर्न नसकिएको वताएका छन् । उनका अनुसार छोरीको मुटुमा २ वटा प्वाल रहेको र अपरेशन नगरी जाती नहुने डक्टरले जानकारी दिएको वताए ।

    उनले तिन लाख रुपयाँ जुटाउन सके छोरीलाई जाति पर्ने वताउँछन् ।
    रकम हस्तान्तरण गर्दै धनकुटा नागरिक समाजका अध्यक्ष सुन्दरवावु श्रेष्ठ ।

     

     

     































सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…