• हलिउडकी एक अभिनेत्रीले अनौठो दावी गरेर सबैलाई आश्चर्यमा पारेकी छन् । हलिउड नायिका नताशा ब्लासिकले आफ्नो एउटा टेलिभिजन कुराकानीमा आफूले दुई पटक भूतसँग सेक्स गरेको दावी गरेर सबैलाई अचम्ममा पार्नुका साथै आनन्द दिलाएकी छन् ।

    नताशाको यो स्वीकारोक्तिसहितको कुराकानीमा उनले भनेकी छन्–कुनै वस्तुले मलाई छोयो, तर, देखिएन । उनले भनिन्–म त्यतिबेला घरमा एक्लै थिएँ, मलाई महशुस भयो कि मेरो बेडरुममा कोही आउँदैछ। यद्यपि मैले केही देखिइरहेकी थिइनँ । त्यसपछि मलाई कसैले छोयो, उसले मलाई जबरजस्ती पछाडि धकेल्यो ।

    उनले भनिन्–मैले आफ्नो शरीरमा कुनै भारी शरीरजस्तो वजन महशुस गरेँ । यो अनौठो हर्कतबाट सुरुमा त म कन्फ्युजनमा परेँ । तर, पछि म पनि रिल्याक्स मुडमा आएँ । उक्त अदृष्य शक्तिले नताशासँग सेक्स गरेको दावी गरिएको छ। नताशाका लागि यो निकै आनन्दमय पल रहेको थियो । सेक्सपछि भूत फिर्ता भयो । नताशाको कुरा सत्य मान्ने हो भने त्यसपछि दोस्रो महिना पनि त्यही भूत आयो र पहिलोपटक जे गरेको थियो त्यही गरेर गयो ।

    युक्रेनी मूलकी नताशाले यो अनुभवलाई मनोवैज्ञानिक सुपर नैचुरल सेक्सको नाम दिएकी छन् । यता मनोवैज्ञानिक पट्टी नेगरीका अनुसार उनीहरुसँग विश्वभरका यस्ता घटना आउँछन् जसले यसप्रकारको अनुभव गरेका छन् ।

    नताशा भन्छिन्–यो आश्चर्य होइन, तर यस विषयमा कुरा गरिन्न । जब मानिसहरु भन्छन् कि उनीहरु आफ्नालाई सबै प्रेम गर्छन यसको अर्थ निश्चय नै गम्भीर हुन्छ । एजेन्सी

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…