• उर्लाबारी फागुन १ । रतुवामाई १० सोमबारे स्थित गोपेश्वर शिव मन्दिरमा माघ २३ गतेदखी सन्चालन भईरहेको श्रीमत नवहा नारादिय महापुराणमा दाताहरुले उल्लेख सहयोग गरेका छन् । सो मन्दिरलाई धामको रुपमा विकसित गर्न सकारात्मक सोचका साथ स्वतस्फुर्तमा रुपमा भुमि तथा बिभिन्न सहयोग दान भईरहेको छ । स्थानीय जितबहादुर पौडेलले मन्दिर छेउमा १३ धुर जग्गा,लक्ष्मी प्रसाद आचार्य र बिष्णुमाया आचार्यल २ धुर जग्गा दान गरेका छन् । यस्तै, सोहि ठाँउमा दिवस बिष्टले सरस्वतीको मन्दिर निर्माण गरिदिएका छन् । छोरा किलीङडन बिष्टको स्मृतिमा उनले उक्त मन्दिर निर्माण गरिदिएका हुन् । गोपेश्वर मन्दिर परिसरमा सीताराम न्यौपाने र राधादेखी न्यौपानेले पञ्चेश्वर महादेव मन्दिर बनाईदिएका छन् । उनीले यसअघि सुर्यनारायण मन्दिर पनि निर्माण गरिदिई सक्नुभएको पुराण आयोजक समितिका सह सचिव जितु न्यौपानेले बताए । मन्दिरमा सहयोग गर्नेहरुको नाम यतिमै सिमित छैन् । रतुवामाई १० निवासी कृष्ण बहादुर बस्नेत क ले बिष्णु नारायण मन्दिर र डोलेश्वर सुवेदीले नागेश्वर मन्दिर निर्माण गरिदिएका छन् । इन्द्र दहालले पन्चदेवता मन्दिर र सागर खड्काले गणेश मन्दिर निर्माण गरिदिनुभएको पुराणका सह कोषाध्यक्ष लक्ष्मण खनालले जानकारी दिएका छन् ।
    सोहि मन्दिर परिसरमा अर्जुन न्यौपानेले व्यवस्थित पोखरी निर्माण गरिदिएका छन् । मन्दिर प्रवेशद्धार जितबहादुर श्रेष्ठ काजीले निर्माण गरिदिईरहेका छन् । उर्लाबारी ९ निवासी लिलामाया कार्कीले बिर्खेश्वर मन्दिर निर्माण गरिदिएका छन् । गोपेश्वर मन्दिर परिसरमा मन्दिरै मन्दिर रहेको छ । जसको कारण त्यहा पर्यकटिय धामको रुपमा परिणत गर्न सकिने अवस्था देखिएको र त्यसको लागि क्रियाशिल भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पलाल सुवेदीले जानकारी दिए । उनका अनुसार पर्यटकिय धामको लागि गुरु योजनाहरु तयार गरिदैंछ । मन्दिर परिसरमा चौरास निर्माणको लागि भक्तजनहरुबाट उल्लेख्य सहयोग भईरहेको उहाँले बताउनुभयो । पुराणबाट अनुमानित जिन्सि र नगद सहित २० लाख संकलन भईसकेको र अनुमानित ४ लाख खर्च भएको अध्यक्ष सुवेदीको भनाई छ ।
    पुराणमा भानु कोईरालाको प्रमुख बाचकत्व र रमेश खनालको उपवाचकत्व रहेको छ । भक्तजनहरु उनीहरुले सुनाएको कथा श्रवण गर्दै भजन किर्तनमा तन मनले नाँचिरहेका छन् । पुराणमा धार्मिक सहिष्णुता झल्किएको छ भने भक्तजनहरु निक्कै रमाएका छन् ।

     

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…