एउटा patient ले एक बजेको appointment miss गरेपछि, अब दुईबजेसम्म “के गर्ने?” मनमा छट्पट भयो l Break Room मा गएर Coffee brew गरें l styrofoam कपमा coffee लिएँ अनि internet मा गएर news हरु हेर्न थालेंl करिब दस मिनेटपछि front desk/secretary को फोन आयो l
“There is a walk-in, your patient for 1pm is no-call no-show, do you wanna see this one? She is a prisoner from ***** County Detention Center” मैले भने “sure, i’ll be there.”
बिरामीको पुरानो file “record office” बाट आउन अर्को चार-पाँच मिनेट लाग्ने भयो l File कुर्दै गर्दा, बिरामीसंग ऊसको immediate concern बुझ्न मन लाग्यो l दुई जना पुलिसले बिरामीलाई office सम्म ल्याए l पुलिसले सरसर्ती आज बिहान भएका घटनाहरु बताउन थाले l बिरामीले suicide गर्ने प्रयास गरेको, र prison guard लाई दुर्ब्यबहार गरेको, नवजात सिसुको हत्याको case court मा चलिरहेको, health/security threat का कारण अर्कै Detention Center मा सार्न लागिएको कुरा मोटामोटी रुपमा मैले पुलिसबाट report पाएँ l करिब तिन मिनेटको reporting सम्ममा पनि बिरामीले बोल्न खासै रुचि देखाएन l अनि मैले दुवै पुलिसलाई office बाहिर जान आग्रह गरें l बिरामीको हात र खुट्टा दुबै cuffed थिए l “Do you agree what they had to say about you?” मैले सोधें l “I guess” उनीले टाउको निहुराएर भनिन र सोहि position मा नै बसिरहिनl सोहिबेला बिरामीको पुरानो उपचारको file (chart) आइपुग्योl File निकै मोटो थियो l 1994 A.D मा depression, 1997 मा Bipolar NOS, 2000 मा Bulimia Nervosa. गत बीस वर्षमा, धेरै पटक औषधि रोकिएछन्; कहिले उपचारलाई पैसा नपुगेर त कहिले सन्चो भयो भनि आफै औषधि रोकेर l बिचमा धेरै पटक रोग बल्झने र आँफै सन्चो हुने भएछ l करिब दस मिनेटपछि, उसलाई मसंग बोल्न comfortable महसूस भएको मैले पाएँ l त्यसपछि सरा-सर बोल्न थालिन् l 2009 मा बिबाह भएछ, 2014 मा गर्भवती भएको दुई महिनापछि लोग्नेले छोडेर गएछ l अर्को state बाट आमा आएर दुईहप्ता जति सघाईछिन् तर कामबाट दुई हप्ता भन्दा बिदा लिन नमिलेपछि फर्किएर गईछिन् l त्यसको एक हप्तामा उनीले छोराको हत्या गरिछिन् l
नाबालक छोराको हत्याले मेरो पारो तातेर आयो l मलाई भित्रै देखिनै “किन यस्तो गरिस्”?? WHY? बाट प्रश्नहरु तेर्स्याउन मन थियो, तर Psychiatric Profession मा किन? Why? भन्दा unprofessional हुने हुँदा मैले केहि सेकेन्ड आँफैलाई रोकेर, computer reboot गरेझैँ, turn-off र turn-on गर्नु पर्यो l आँफुलाई सान्त पारेपछि “के कारणले तपाईंलाई त्यस्तो गर्न बाध्य पार्यो…..?” बाट प्रश्न हरु सुरु गरें l बोल्दै जाँदा उनीले बताईन्, “Health Insurance (स्वास्थ बिमा) नभएर Bipolar को औषधि नखाएको चार-पाँच महिना भएको थियोl Minimum Wage (न्यूनज्यालाको मजदुरीले) दैनिकी धान्न नसक्ने भैसकेको थिएँ, credit card पनि max-out भैसकेको थियो l त्यहि माथि गर्भवती भएको थाहा पाएँ, लोग्नेले छोडेर गयो l दुई ठाउमा गरेर, दुई shift हप्ताको सातै दिन काम गरें l पछी पछि को prenatal appointment मा पनि जान भ्याइन l बच्चा जन्मेको तिन हप्तापछि depressed महसूस भयो l एक रात पनि राम्रो संग सुत्न सकिन, जिउ निकै भारी हुन्थ्यो, खान रुच्न छाड्यो l घरि-घरि यो सबै मेरा कारणले भएको झैँ लाग्थ्यो, घरि यो बच्चाले गर्दा मेरो जिन्दगि यस्तो भयो जस्तो लाग्थ्यो l सरिर गल्दै गयो, आफै संग रिस उठ्न थाल्यो l बच्चा रोएको सुन्दा झर्को लाग्न लाग्यो l कहिले टाउको दूख्थ्यो, कहिले हात गोडा चिसा भएका जस्ता हुन्थे, कहिले शक्तिहिन भएर faint हुन्छुकी जस्तो लाग्थ्यो l एक दिन बिहान सबेरै उठेर कोठा सफा गर्न लागेको याद छ त्यसपछि मलाई केहि पनि याद छैन l दुई हप्ता पछि मैले थाहा पाएँ मैले मेरो बच्चालाई …………….. trash container मा फ्याँकेछुl…………..I killed my son………I don’t deserve to live…..” ……………………………… यो बिरामीलाई postpartum depression हुँदा उपचार समयमा नपाएर postpartum psychosis हुन गएको थियो l