• काठमाडौं , १ फागुन । एनसेलको लुटलाई खबरदारी गर्दै देशैभरका टावरमाथि तोडफोड भएको खबर छ ।

    नेपाल कम्युनिस्ट पार्टीले नीजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलमाथि कारवाही सुरु गरेको छ । एनसेलले जनतासँग पैसा उठाएर राज्यलाई तिर्नुपर्ने कर नतिरेर राज्य र जनतालाई ठगी गर्ने र ढाँटने गरेको भन्दै कारवाही कारबाही सुरु गरेको बुझिएको छ ।

    नेकपाले राज्यलाई तिर्न पर्ने २२ अर्ब राजस्व बुझाउन पटक पटक गरेको आग्रह गर्दा अस्वीकार गर्दै आएको एनसेल कम्पनिका देशैभरका टावरमाथि एकैसाँथ तोडफोड तथा आगजनी भएको छ ।

    नेकपाले काठमाण्डौका दक्षिणकाली , जोरपाटी र जोहर्सिंहपौवा , भक्तपुरमा एक , सुर्खेत , बाँके र कैलालीमा दुई दुइ वटा ओटा टावरमाथि आक्रमण गरेको छ ।

    यसैगरी नेपाल कम्युनिस्ट पार्टीले ईटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको एनसेल टावरमा आक्रमण गरेर ध्वस्त पारेको छ ।

    त्यस्तै धनकुटा नगरपालिका वडानम्बर ११ थुम्किडाडा स्थित रहेको एनसेल टावरमा पनि आक्रमण भएको छ भने सोलुखुम्बु , धनुषा , चितवन ,नुवाकोट, धादिङ्ग , ताप्लेजुङ्गलगायत देशैभरिका एनसेल कम्पनीका टावरमाथि तोडफोड तथा आगजनी भएको समाचार प्राप्त भै रहेको छ ।

    आक्रमणबारे बिस्तृत विवरण भने आईसकेको छैन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…