• काठमाडौं, १ फागुन । बलिउड कलाकार सलमान खान २६ गते आउने भनेर १० हजारसम्मको टिकट बेच्ने सुरसार चलेको छ ।

    देश संकटमा छ, संक्रमणमा छ, बाढीपहिरो र भूकम्पबाट राहत भइसकेको स्थिति छैन ।

    चुनाव सकियो, सरकार बन्दैछ, यस्तै बेलामा हो लुट्ने र लुटाउने भनेर सलमान खानलाई टुँडिखेलमा उभ्याएर झण्डै २५ करोडको टिकट बेच्ने र १२ करोड सलमानलाई दिएर बाँकी हजम गर्ने साजिस हुँदैन ।

    सलमानलाई सुरक्षा दिने कि शान्ति सुरक्षाको स्थिति सुधार्ने ? सलमानलाई लुटाउने कि त्यो रकम देशको फोहर सफा गर्न र अव्यवस्था मिलाउन खर्च गर्ने ?

    सलमानलाई हेर्न, उनीसँगै बस्न र फोटो खिचाउन तथा उनका फिल्मी कलाकारिता १२ करोड तिरेर अहिले नै  हेरिहाल्नु पर्ने हतार किन ?

    सलमान खानल नेपालीलाई ट्वीट अनुरोधमा लेखेका छन्– नेपाल अब आपकी बारी स्वागत से स्वागत नही करोगे हमारी । सलमान सँगै प्रभु देवा, सोनाक्षी, ज्याकलिन, डेजी शाह र कृति सेनोन पनि आउनेछन् ।

    देशमा भोकमरि छ, बाढीपहिरो र भूकम्पपीडत छन् । धुर्मुस सुन्तली चन्दा मागी मागी बस्ती बसाल्दैछन् ।

    एकथरि अवसरवादीहरु यही मौकामा देशको २५ करोड लुटेर भारतीयलाई पोस्ने साजिस गरिरहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…