काठमाडौं। महाशिवरात्रीको अवसरमा पशुपति परिसरमा बाबाहरुका अनेक रुप देखिएका छन् । यो दिन पशुपतिमा नेपालबाट मात्र नभइ छिमेकी मुलुकबाट समेत बाबाजीहरु आउँछन् । यी बाबाजीहरु यतिसम्म पोज दिन्छन् कि उनीहरुलाई हेर्नु पनि छुट्टै रमाइलो पल बन्न जान्छ । महाशिवरात्रीमा पशुपतिथानको दर्शन गर्न र पूजाआजा गर्न जाने भक्तजनका लागि त्यहाँ आएका बाबाजीहरु पनि आकर्षणको केन्द्र बन्छन् । बाबाजीहरुको पोज र क्रियाकलाप अनेक किसिमका हुन्छन्।