• मोरङ / उर्लाबारीस्थित बेतिनी सिमसार पछिल्लो समयमा पर्यटकीय र वन भोजस्थलका रुपमा विकास हुँदै गएको छ ।

    उर्लाबारी नगरपालिका–२ मा अवस्थित बेतिनी सिमसार क्षेत्रमा अवलोकन तथा वनभोज खान आउनेको आकर्षण बढेको छ । सिमसारमा केही समयअघिदेखि जलयात्रा सेवासमेत शुरु भएपछि आन्तरिक पर्यटक बढिरहेका छन् ।

    सो सिमसार क्षेत्रमा दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको बेतिनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भीम राईले बताउनुभयो । पूर्वपश्चिम राजमार्गदेखि तीन किमी उत्तरमा रहेको सो सिमसार क्षेत्र ५८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । चाडपर्व सकिएलगत्तै मंसिरदेखि फागुनसम्म नै सो क्षेत्रमा घुम्न आउने र वनभोज खानेको घुइँचो नै लाग्ने गर्छ । मोरङसहित झापा र सुनसरी जिल्लाका मानिसको रोजाइमा बेतिनी सिमसार पर्ने गरेको बताउँदै बेतिनी सामुदायिक वनका अध्यक्ष राईले भने, “यहाँ सडक सुविधा भएकाले पनि सहजै पुग्न सकिन्छ । ”

    उर्लाबारी नगरपालिकाले नगरपालिकालाई ‘सिमसारयुक्त पर्यटकीय नगर’ समेत घोषणा गरेको छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा निर्माण र सडकमा रोडामाटो बिछ्याइएको छ । एक बालोद्यान निर्माणका क्रममा छ । नगरपालिकाका प्रमुख खड्ग फागोले समृद्ध नगर निर्माणका लागि बेतिनी सिमसार क्षेत्रलाई व्यवस्थित बनाउन नगर कार्यपालिकाले आवश्यक बजेट विनियोजन गर्ने जानकारी दिए ।

    नगर प्रमख फागोका अनुसार बेतिनी सिमसारलाई पूर्वकै आकर्षक पर्यटकीय क्षेत्र बनाउनका लागि नगरपालिकाले रणनीतिक योजना नै निर्माण गरेको छ । सिमसार क्षेत्रको पोखरीको पश्चिम भागमा अवस्थित डाँडामा पर्यटकलाई आकर्षण गर्न तीन वटा बाघको प्रतिमा पनि राखिएको छ ।

    नगरपालिकाको रु तीन लाख ५० हजार लागतमा सो प्रतिमा स्थापना गरिएको हो । सो सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाइ, हाँडीफोर, बकुल्लालगायत चराचुरुंगी पाइन्छ ।

    उक्त स्थान आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिंगरलगायत जीवजन्तु पाइन्छ । सिमसार प्रवेशका लागि प्रतिव्यक्ति रु १० शुल्क तोकिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…