• २०७४ फागुन १


    काठमाडौं–पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन बसेको एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ । ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा दुई नेताबीच वार्ता  भएको हो ।

    दुई नेताबीचको वार्तामा बुधबार २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको उच्च श्रोतले जानकारी दिएको छ ।

    एकता र शक्ति बाँडफाँडवारे ओली र प्रचण्डले सोमवार ‘प्रारम्भिक सहमति’ गरेको बताएका थिए । त्यसपछि आजको संवादलाई निकै चासोका साथ हेरिएको थियो । त्यसलाई अन्तिम रुप दिन दुई नेताले आज पनि ‘वान टू वान’ संवादलाई जारी राखेका हुन् ।

    पार्टी एकता संयोजन समितिमा अध्यक्षद्वय ओली र प्रचण्डसहित एमालेका बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …