• २०७४ फागुन २


    मुलुकका विभिन्न क्षेत्रमा रहेका सञ्चार सेवा प्रदायक संस्था एनसेलका टावरमाथि पूर्ण र आंशिक क्षति पुर्‍याइएको छ।  विभिन्न जिल्लाबाट प्रहरी प्रधान कार्यालयलाई गरिएको रिपोर्टिङमा देशभरी रहेका एनसेल टावरहरूमा आक्रमण गरिएको छ।

    उक्त हमला अज्ञात समूहले गरेको प्रहरी कार्यालयहरूले जानकारी दिएको बताइएको छ। उक्त आक्रमण नेत्र विक्रम चन्दले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टीले गराएको प्रहरीको आशंका छ। माओवादीको जनयुद्ध दिवसको अवसरमा एनसेलका टावरमाथि क्षति पुर्‍याएको हुनसक्ने प्रहरी आशंका छ

    सोमबार राति र मंगलबार दिउँसै गरिएका आक्रमणबाट कतिपय टावर पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ  मंगलबार भएका आक्रमण राजधानीमै भएका छन्। काठमाडौंका ३ टावर त पूर्णतः ध्वस्त भएका प्रहरीले जानकारी दिएको छ।

    काठमाडौंको जोरपाटी, दक्षिणकाली र जहरसिंह पौवामा रहेका ३ टावर ध्वस्त भएका छन्  त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालीका ११ खनारमा रहेको एनसेल टावरमा आगजनी तथा तोडफोड गरिएको थियो। धनकुटा नगरपालिका वडा नम्बर १० थुम्कीडाँडामा रहेको एनसेल टावर ध्वस्त पारिएको छ।

    रौतहटको चन्द्रपुर नगरपालिका ८ मा रहेको टावरमा पनि क्षति पुर्‍याइएको छ सोलुखुम्बुको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडामा रहेको एनसेलको टावरमा ताडफोड र आगजनी भएको छ। कञ्चनपुरको बेदकोट र शुक्लाफाँटामा रहेका एनसेलका टावर ध्वस्त पारिएको छ।

    डडेल्धुराको काफलीमा रहेको क्षेत्रिय टावर पनि ध्वस्त पारिएको छ। कैलालीको टिकापुर र जानकीनगरमा रहेका टावरमा आक्रमणबाट क्षति पुर्‍याइएको छ।  सुर्खेतका ३ वटा टावरमा पूर्ण रुपमा क्षति पुर्‍याइएको छ।

    त्यस्तै, जाजरकोटका २ वटा टावरमा आक्रमण भएको छ भने रोल्पाको माडी गाउँपालिका ६ को मेनै डाँडामा रहेको टावरमाथि आक्रमण गरिएको छ यता मकवानपुरको मनहरीमा पनि एउटा एनसेल टावर ध्वस्त बनाइएको छ। यसरी आक्रम गरेर मुलुकभरका १७ एनसेल टावर ध्वस्त गरिएको प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…