• २०७४ फागुन २


     राजविराज :सप्तरीको कञ्चनरुप नगरपालिका नजिक कोशी टप्पु वन्यजन्तु आरक्षमा घाँस दाउरा लिन गएका दुई महिलाको जंगली हात्तीले ज्यान लिएको छ । मृत्यु हुनेमा ४५ वर्षीया दुर्गी मुखिया र ३५ वर्षीया मन्जु साह छन् ।

    आरक्षबाट आउने हात्ती, अर्ना र भालुले घरगोठ, बालीनालीमा क्षति पुर्याउनुका साथै घरपालुवा पशुचौपाया र मानिसलाई समेत आक्रमण गरेर ज्यान लिन थालेपछि सप्तरीको उत्तरीपूर्वी क्षेत्रका बासिन्दा आतंकित छन् ।

    हात्तीले गत मंसिर १३ गते कञ्चनरूप  १० बदगामाकी फूलवादेवी यादव, कात्तिक  १९ गते कञ्चनरूप नगरपालिका १२ श्रवणपुरका बिर्खबहादुर बिक, २०७३ चैत २२ गते हनुमाननगरका सञ्जय साफी र रोशनकुमार झाको ज्यान लिएको थियो ।

    त्यस्तै, हात्तीले २०७३ पुस ९ गते भारदह  ९ स्थित बालुवाका ६० वर्षीय रघुनाथ खंग, २०७३ कात्तिक १८ गते बैरवा ८ का ५५ वर्षीय अल्लाउद्दिन खाँ, २०७३ असार २८ गते कञ्चनरूप नगरपालिका १० का सत्यनारायण यादवकी छोरी १३ वर्षीया संगीताकुमारी यादवको ज्यान लिइसकेको छ ।

     




सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…