• काठमाडौँ, २ फागुन  : नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको छ ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो ।

    क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । यसअघि नामिबियाविरुद्ध पहिलो खेल खेल्दा विजेयरत्नेले आठ रन मात्र बनाएका थिए ।

    त्यस्तै क्यानडाको अर्का व्याट्सम्यान हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

    बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए । प्रतियोगिताको शीर्ष दुई स्थानमा रहँदै वान डे विश्व कप छनोट खेल्न दुवै टोलीका लागि आजको जित महत्वपूर्ण छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…