• तेजन खड्का

    उर्लाबारी ।  मोरङका उर्लाबारी–२ का राजकुमार राई र इन्दिरा राई दम्पती हुन् । उनीहरु दुवै दृष्टिविहीन छन् । दृष्टिविहीन भएपनि उनीहरु मुढा बनाएर जिन्दगी गुजारा गरिसकेका छन् । प्लान नेपालले सुनसरीले दिएको तालिममा उनीहरुले मुढा बुन्न सिकेकी हुन् । यी दम्पती जन्मजात दृष्टिविहीन भने होइन । बालबालिकामा धर्ती देखेका उनीहरुको बिस्तारै आँखाको ज्योति गुम्न पुग्यो । राजकुमारका बुबा छैनन् । आमा भने छन् । बेलाबखत दाजुभाइ तथा आमा हेर्न आउने गरेको राजकुमारले सुनाए ।

    उनीहरुले आँखाको सानैमा उपचार गराए तर उपचार सम्भव भएन । ठूला अस्पतालले आफूहरुको उपचार गराइदिए संसार देख्न मन भएको उनीहरु सुनाउँछन् । आफ्नो बालबच्चा हेर्ने धोको छ यो दम्पतीलाई । अनि मन छ, श्रीमान् र श्रीमतीले एकआपसको मुहार हेर्ने । अहिले ७ वर्षीया छोरी इनिस्ताले उनीहरुको रेखदेख गर्दै आएका छन् । विद्यालयबाट छुट्टी भई आएपछि छोरीले काम सघाउने गरेको र बिरामी हुँदा अस्पताल लाने गरेको आमा इन्दिराले सुनाइन् ।

    उनीहरुलाई राज्यले नीलो कार्ड दिएको छ । मासिक रुपमा तीन/तीन सय रुपैयाँ पाउँछन् । राजकुमार भन्छन्, “रातो कार्ड पाएका छैनौं । हामीभन्दा सबलाङ्गले पाएका सुनिन्छ । जहाँ पनि राजनीति छ हजुर । हाम्रो लागि को लागि पर्ने र ?”

    सानो छाप्रोमा दुःखदायी जीवन व्यतित गर्दै आएका उनीहरुले अहिले दाताको सहयोगमा घर निर्माण गर्दै हुन्छन् । उनीहरुलाई आर्थिक सहयोगको खाँचो छ । उनीहरुले आफ्नो घर निर्माणमा र छोरीको भबिष्यका लागि दातासमक्ष सहयोगको याचाना गरिरहेका छन् । राई दम्पती भन्छन्, “मन हुनेले सम्झिदिनुहोला ।” ठूली भएर छोरीलाई डाक्टर बनाउने धोको छ उनीहरुको । राजकुमार भन्छन्, “आँखाको डाक्टर बनाउने धोको छ । छोरीले दृष्टिविहीनको ज्योति फर्काउन सकून् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…