• रातोकलम अनलाइन,
    क्वालालम्पुर
    फेब्रुअरी-१४

    तामाङ समाज मलेशियाले आयोजना गर्ने सोनाम ल्होछार कार्यक्रमका लागि नेपाल बाट आमन्त्रीत ख्याती प्राप्त कलाकारहरु मलेशिया प्रस्थान भएका छन।फेब्रुअरी महिनामा पर्ने चीनिया नया बर्षको अवसरमा आयोजित सोनान ल्होछार कार्यक्रम मलेशियाका दुई ठुला सहरहरुमा सास्कृतिक कार्यक्रम सहित भब्य मनाउने तयारी रहेको छ।फेब्रुअरी १६ तारिक गार्डेन होटेल बातुपाहात र १७ तारिक होटेल एरिना क्वालालम्पुरमा कार्यक्रम गर्न लागिएको हो।

    विशेषगरी तामाङ समुदायहरुले रास्ट्रीय पर्व मन्जुश्री सम्बत २८५३ चरा बर्ग लाइ बिदाइ गर्दै २८५४ को कुकुर बर्गको स्वागत स्वरुप बिस्वभरीका तामाङ्हरुले मान्ने प्रचलन छ।प्रबासमा संगठित तामाङ समाजले पनि आफ्नो भासा,लिपि,रिति,धर्म र सस्कृतिको प्रबर्द्धन,उत्थान एबम संरक्षण गर्न प्रत्येक बर्स मनाउने गर्छ।

    मलेशियन सरकारले दिने लामो सार्बजनिक बिदाको सदुपयोग गर्दै प्रबासमै भए पनि जातिय एकता र सामुदायिक सत्भाब कायम राख्न ऐतिहासिक रास्ट्रीय पर्बको रुपमा परंरागत अनुसार मनाउछन
    ।उक्त अवसरमा आयोजना गरिएको सास्कृतिक कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरु सङै स्थानिय कलाकारहरु को पनि बेजोड प्रस्तुति रहने छ।

    सोनाम ल्होछार तामाङ समाज मलेशियाको यो सहित १३ औ पल्टको कार्यक्रम हो।भने उक्त महान पर्बमा सास्कृतिक कार्यक्रमका लागि नेपाल बाट आमन्त्रित अतिथि कलाकारहरु”संगित क्षेत्रको ३ ओटा बिधामा विश्व कृतिमान राख्न सफल” संगीतकार तथा गायक टीका बोम्जन तामाङ,चर्चित म्हेन्दोमाया गायक सुमन घले तामाङ, गायिका जितु लोप्चन तामाङ,गायिका सुस्मिता स्याङतान तामाङ आज मलेशिया आइपुगेका छन।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…