• २०७४ फागुन २


    काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल एक विकेटले विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित पक्का गरेको हो ।

    यो जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गरेको छ ।

    पूरै नेपाली खेल उल्टाएका करण केसीले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाएर नटआउट रहे । सँगै नटआउट रहेका सन्दीप लामिछानेले १८ बलमा पाँच रनमात्र बनाए । नेपालको जितका लागि करणको प्रदर्शन सनसनीपूर्ण रहयो ।

    डिभिजन–२ अन्तर्गत मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपालले क्यानडालाई हराउनैपर्ने बाध्यता थियो । मंगलबार आयोजक नामिबियाले केन्यालाई ८ विकेटको फराकिलो अन्तरले हराएसँगै नेपालले आफ्नो अन्तिम खेलमा क्यानडालाई हराउनैपर्ने बाध्यता बनेको थियो ।

    केन्यालाई हराएपछि नामिबिया नेट रनरेटको आधारमा तालिकाको दोस्रो स्थानमा उक्लिएसँगै नेपालमाथि शीर्ष स्थानमा रहेको क्यानडालाई हराउनै पर्ने दबाब थियो । यद्यपी सुरुवाती अवस्थामा कमजोर प्रदर्शन गरेको नेपालका लागि करण केसी बरदान स्वरुप उदाएर नेपाललाई जित दिलाएरै छोडे ।

    आयोजक नामिबियालाई पहिलो खेलमा पराजित गरेको नेपालले अन्तिम खेल पनि जित दर्ता गरेसँगै विश्वकप छनोट यात्रा पक्का भएको छ ।

    नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो। त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्सलाई नेपालले हराएको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…