• ३ फागुन, काठमाडाैं । राजधानीबाट आज प्रकाशित प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो पृष्ठ राजनीति र खेलकुद विषयले भरिएका छन् । तथापि भित्री पृष्ठमा पत्रपत्रिकाहरुले आर्थिक, सामाजिक, स्वास्थ्यलगायतका विषय पनि उठाएका छन् ।





    एमाले–माओवादी पार्टी एकता प्रक्रियामा भएको प्रगतिलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले विविध शीर्षकमा लेखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी एकतापछि आलोपालो अध्यक्ष र प्रधानमन्त्री हुने सबैजसो दैनिक पत्रिकाहरुको समाचारको सार छ ।

    क्यानडामाथि अन्तिम बलमा १ विकेटको सनसनीपूर्ण जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेको खबरलाई आजका सबै दैनिक पत्रिकाहरुले पहिलोपृष्ठमा ठाउँ दिएका छन् ।

    यसमध्ये केही पत्रिकाले यसलाई मुख्य समाचार नै बनाएका छन् ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीको अन्तिम परिणामसहितको प्रतिवेदन राष्टपति विद्यादेवी भण्डारीलाई बुझाएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको छ ।

    आजको दैनिक पत्रिकाहरुको प्राथमिकतामा यो विषय पनि उत्तिकै परेको छ । पत्रपत्रिकाहरुले सरकार निर्माणको बाटो खुलेको र वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको लेखेका छन् ।

    ‘निर्वाचन आयोगले परिणाम राष्ट्रपतिलाई बुझाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामाको तयारीमा छन् भने एमाले अध्यक्ष ओली भावी प्रधानमन्त्री बन्ने तरखरमा छन्’, आजका पत्रपत्रिकाहरुले समाचारमा छापेका छन् ।

    आजका पत्रपत्रिकाहरुले प्रदेशमा सुरु भएको सरकार गठन प्रक्रियालाई पनि नियालेका छन् । बुधबार प्रदेश १, २ र ३ मा मुख्यमन्त्री नियुक्त भएको समाचार लेखेका पत्रपत्रिकाहरुले बाँकी प्रदेशमा पनि सरकार गठनका लागि पहल भइरहेको जनाएका छन् ।

    यसका अतिरिक्त काठमाडौं भूकम्पको थप जोखिममा परेको, कर्मचारीकै मिलेमतोमा बैंक ठगी भएको, नवराज सिलवाल अब फरार अभियुक्तमा दरिएकोलगायत समाचार पनि पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा अटाएको छ ।

    एमाले–माओवादी एकताः ९५ प्रतिशत मिल्यो, ५ प्रतिशत बाँकी

    ‘विश्वकपतर्फ नेपालको यात्रा’ शीर्षकमा मुख्य समाचार लेखेको नयाँ पत्रिका दैनिकले दुवै पार्टीका अध्यक्ष आलोपालो नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुने लेखेको छ । दुई नेताका समझदारीलाई औपचारिकता दिने गृहकार्यमा एकता संयोजन समिति लागेको समाचारमा उल्लेख छ

    ‘एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिको एकीकृत पार्टीमा केपी ओली र प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ’, नयाँ पत्रिकाको समाचारमा लेखिएको छ, ‘दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ ।’

    नयाँ पत्रिकाका अनुसार आलोपालोको विषय टुंगिए पनि अवधिको विषय टुंगिन बाँकी छ ।

    यद्यपि, राजधानी दैनिकले भने फरक दलिल पेस गरेको छ । राजधानीका अनुसार एमाले र माओवादी केन्द्रबचि एकता गर्न बनेको संयोजन समिति बैठक सहमतिनजिक पुगेको तर सरकारको नेतृत्व कसले कति गर्ने भन्ने विषय टुंगिन बाँकी छ ।

    समाचार अनुसार बुधबार बसेको संयोजन समितिको बैठकमा कार्यदलका सदस्य चयन र दुई अध्यक्ष कसले कति सरकारको नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुटाउने प्रयास सफल भएन ।

    ओलीलाई प्रधानमन्त्री बनाउन माधव नेपाल प्रस्तावक

    अन्नपूर्ण पोस्ट दैनिकका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न एमाले नेता माधव कुमार नेपालले प्रस्ताव गर्ने छन् ।

    वाम गठबन्धनले बिहीबार नै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।

    एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको अन्नपूर्ण पोस्टले लेखेको छ।



सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…