• २०७४ फाल्गुन ४


    काठमाडौं  प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बिहीबार राती छिमेकी मुलुक भारतबाट तारम्तार फोन आएको छ ।

    उनलाई बधाईदिनको लागि राती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतले टेलिफोन गरेको प्रधानमन्त्री ओलीका निजी सचिवालयका प्रेस संयोजक सचिव चेतन अधिकारीले जानकारी दिए ।

    मोदीले राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

    टेलिफोन संवादमा  मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता मोदीले व्यक्त गरेका छन् ।

    टेलिफोन संवादमा प्रधामन्त्री ओलीले मोदीलाई आफूलाई बधाइ तथा शुभकामना व्यक्त गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

    यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसंगको  मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा पनि मोदीलाई बताएका छन् ।

    आजै महामहिम मोदीले भारतीय राजदुत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई एक शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाउने आशा व्यक्त गरेका छन् ।

    साथै  ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गरेका छन् ।

    शुभकामना पत्रमा महामहिम मोदीले नेपाल र भारतको प्रगाढ विश्वास,सद्धभाव र पारस्परिक विश्वासमा आधारित युगौं पुरानो सम्बन्धलाई विकाश गर्न आफूहरुले उच्च महत्व दिने र त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् ।

    बिहीबार नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएकी छिन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…