२०७४ फाल्गुन ४
सय वर्षको उमेर टेक्नै लागेका राष्ट्रकवि माधव घिमिरेले गतवर्ष एक भेटमा भनेका थिए, ‘मेरो महाकाव्य अब सकिनै लाग्यो !
राष्ट्रकविको त्यो महाकाब्य कहिले आउला भनेर व्यग्र प्रतिक्षा भइरहेको थियो, गएको पुसमा जेष्ठ नागरिकहरुले आयोजना गरेको पुनर्मिलन समारोहमा उनले भने, ‘अब म सय वर्ष पुग्नै लागें, सय वर्षको समारोहमा महाकाव्यको विमोचन हुनेछ !
वाह सिर्जना शक्ति ! वाह साहित्य शक्ति ! वाह शब्दको शक्ति ! त्यसैले त हो, आजसम्म राष्ट्रकविलाई दीर्घायू बनाएको !
राजा महेन्द्रलाई भक्कानिन बाध्य पार्ने ‘गौरी’ शोककाव्य लेखेका कविको अजेय शक्ति भनेकै सिर्जनशीलता हो, जुन नदीझैं अहिले पनि गडगडाएर प्रवाहित भइरहेकै छ !
त्यो दिन उनको मुहारमा दिव्य कान्ति, भगवान बुद्धकोजस्तो आनन्दित र स्थितप्रज्ञ मुस्कान अनि लहरे फूलको जस्तो लयात्मक बोली र चाल देख्दा लाग्थ्यो, राष्ट्रकवि ‘इन्लाइटेड’ भइसके !
यो आभास मलाई केही वर्षपहिले पनि भइसकेको थियो, जब उनले एउटा उच्च चेतनाको कुरा गरेका थिए !
सुरेन्द्र महर्जन ‘अमर’को उपन्यास विमोचनका लागि हामी कपुरधारास्थित निवासमा जाँदा राष्ट्रकविले भनेका थिए, ‘हामी कविहरु यो सारा ब्रम्हाण्ड कृष्ण विवर ब्ल्याक होलमा गएर समाप्त हुन्छ भनेर मान्दैनौं !
हामी सर्जक हौं, हामी ध्वंशको हैन, सिर्जनाको कुरा गर्छौं, यो सँसारलाई सिंगार्ने कुरा गर्छौं !
‘ब्ल्याक होल थ्यौरी’ सुत्रपात गर्ने महान वैज्ञानिक स्टेफन हकिङले पनि भनिसकेका छन्, ‘ब्ल्याक होलमा छिरिसकेपछि पनि पदार्थको अन्त्य हुँदैन, बरु त्यसबाट फेरि अर्को संसारको सिर्जनाको क्रम आरम्भ हुन्छ !
यसैलाई राष्ट्रकविले कवितामा उन्दै लेखे !
कविताका यी दुई पंक्तिमै सारा दर्शन समेटिएको छ !
र, कुनै समबुद्ध पुरुषले मात्र यस्तो कुरा सोच्न सक्छ !
यस्तो महान सर्जक, जो स्वयंप्रकाशित, स्वयंसम्मानित अनि स्वयं सुशोभित हुन्छ,!
उसका सामु कुनै पद या उपाधि भनेको गौण हो !
सार्वजनिक मञ्चहरुमा देखिँदा प्रायः आकाश खुलेजस्तो मुस्कान छाडने राष्ट्रकवि माधव घिमिरेको एउटा अस्वाभाविक गाम्भीर्य झल्कने तस्वीर हालै मिडियामा देख्न पाइयो !