• पथरीशनिश्चरेरःमोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७४÷०७५ का लागि ५५ करोड ४४ लाख ५९ हजार ६५८ रुपियाँको अनुमानित आय ब्यय(बजेट) तयार गरेको छ । भदौ १९ गते बसेको नगरपरिषद बैठकले पारित गरेको नीति तथा कार्यक्रम र बजेट मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

    नगरको आम्दानीतर्फ आन्तरिक स्रोतबाट २ करोड १७ लाख ३० हजार रुपियाँ संकलन हुने अनुमान गरिएको छ । यस्तै राजस्व बाँडफाँडबाट ४५ लाख,वित्तीय समानीकरण अनुदानबाट २५ करोड ११ लाख ३७ हजार ,सामाजिक सुरक्षा तर्फबाट १० करोड ५० लाख ,एलजीसीडीपी परियोजना मार्फत ६ लाख १७ हजार संघीय सरकारबाट ससर्त अनुदान १० करोड ६२ लाख ६४ हजार ,विषयगत कार्यालयहरू बाट प्राप्त हुने १ करोड ५१ लाख ८५ हजार ५ सय आम्दानी हुने अनुमान गरिएको छ ।

    यस्तै गत मौज्दातबाट १ करोड ८३ लाख ६ हजार १५८,सडक बोर्डबाट १७ लाख रुपियाँ र जनसहभागिताबाट ३ करोड रुपियाँ आम्दानी हुने अनुमान छ । यस्तै खर्च तर्फ प्रशासनिक खर्च ६ करोड ८ दाख ५३ हजार ७९९ रुपियाँ,र पूँजीगत खर्च २६ करोड ६५ लाख १९ हजार ३५९ रुपियाँ खर्च हुने प्रक्षेपण गरिएको छ । संघीय सरकारबाट ससर्त अनुदान,सामाजिक सुरक्षा, एलजीसीडीपी परियोजना मार्फत प्राप्त हुने रकम सोही शीर्षकमा खर्च हुनेछ ।

    नगर प्रमुख दिलिपकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा कार्यकारी अधिकृत कुमारप्रसाद कोइरालाले जिल्ला मै पहिलो पटक नयाँ अभ्यास र नयाँ कानूनी ब्यवस्था अनुसार बजेट तयार भएकोले केही अप्रो हुन सक्ने बताए । जिल्लाका १७ स्थानीय तह मध्ये पथरीशनिश्चरे नगरपालिका नगर परिषद गर्ने पहिलो नगरपालिका भएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…