•  इटहरी ।  आफुलाई पत्रकार भन्ने र पत्रकारिताको आडमा अरुलाई धम्क्याउदै हिड्ने पत्रकारीताका नटवरलाल राजेश बराललाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।

    इटहरी क्षेत्रका महिलाहरुको उजुरीका आधारमा प्रहरीले बराललाई सोमाबर पक्राउ पक्राउ गरेकाे हो । इटहरी क्षेत्रमा चन्दाआतंक समेत मच्चाउँदै आएका उनलाई प्रहरीले पक्राउ गरेको हो । वराल विरुद्ध ५० जना भन्दा बढिको महिलाहरुले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए ।  इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बरालले पटक पटक इटहरी क्षेत्रका महिलाहरुलाई राती– राती फोन गर्ने मनपरी वोल्ने लगायतका नकरात्मक काम गदै आएका थिए । इटहरी क्षेत्रमा लामो समयदेखि बस्दै आएका बरालले कुनै बेला आफूलाई फोटो पत्रकार भन्दै परिचय दिने गरेका थिए उनले इटहरी क्षेत्रमा चन्दाआंतक मच्चाएका थिए ।

    केहि समय एभिन्यूज टेलीभिजनमा क्यामरा पर्सनको रुपमा समेत काम गरेका बरालले व्यपारीसँग पैसा असुलेको भन्दै टेलीभिजनले केहि बर्ष अघि निश्कासन गरेको थियो । त्यसपछि इटहरीबाट प्रकासन हुने पूर्वी बजार दैनिकमा प्रबन्धक तथा उप सम्पादकको रुपमा काम गदै आएका उनले ब्यापारीहरु सँग धम्काएर विज्ञापन माग्ने गरेका थिए । बराललाई एक महिना अघि पूर्वी बजार दैनिकले समेत कामबाट निकालेको सप्पादक प्रेम बाँस्तोलाले वताएका छन ।

    बिज्ञापन दातालाई बिज्ञापन नदिए जे पनि गरिदिने धम्की दिने गरेको चर्चा समेत इटहरी बजारमा थियो । नेपाल पत्रकार महासंघ सुनसरीका साधारण सदस्य समेत रहेका बरालमाथि यस अघि पटक पटक कुटपीट समेत भएको थियो । तर उनले कहि कतै उजुरी भने गर्ने गरेका थिएनन् ।  आफूलाई पत्रकार भन्ने अनि धम्क्याउदै हिड्ने बरालका बिरुद्ध उजुरी परेपछि छान बिनकालागि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय राउतले वताए ।

    उनले अहिले सम्म ५० जना भन्दा बढिको उजुरी आइसकेको जानकारी दिए । उजुरी पर्ने क्रम मंगलबार पनि रोएिको छैन । सोमाबर ३० वटा जति उजुरी परेकोमा आज थप २० वटा परेको छ । के भएको हो हामी अनुसन्धानमा छौ राउतले भने । –‘अधिकांश उजुरी महिलालाई टेलीफोन गरेर यौन दुव्र्यवहार गरेको भन्ने विषयमा परेका छन् ।उनले सार्वजनिक अपराध अन्तरगत मुद्या चलाउने तयारी भइरहेको र थप प्रमाण भेटिए अन्य बिषयमा समेत मुद्या वताए ।

    नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले यौन दुव्र्यवहार गरेको बिषयमा उजुरी परेकाले अनुसन्धान गर्न महासंघले सहयोग गर्ने वताए । अपराध गरेको हो भने कारवाही हुनु पर्छ । पत्रकारका नाममा अपराध गर्ने कसैलाई छुट नभएको वताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…