• ४ फागुन, काठमाडौं । सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो साँस्कृतिक अभियान, तामसालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङले मञ्जुश्री बर्ष २८५४ औं खि (कुकुर) वर्ग सोनाम ल्होछार मनाएका छन् ।

    २ दिनसम्म चल्ने कार्यक्रममा आज शुक्रबार काठमाडौंको तिनकुनेमा औपाचारिक लगायत सांगीतिक कोशेलीकासाथ ल्होछार मनाएका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्रीको अनुपस्थिति रहेपनि उहाले पठाएका शुभकामना ने. क. पा. एमाले का प्रतिनिधि सभा सदस्य शेर बाहादुर तामाङ्गले मन्तब्य वाचन गरेका थिए ।

    कार्यक्रममा बक्ताहरुले शुभकामना दिदै प्रदेश नं. ३ को नाम तामसालिङ नेवा हुनुपर्ने र काम काजीको भाषाको रुपमा तामाङ्ग भाषा प्रयोगमा ल्याउनु पर्ने बताए ।

    नेपाल बहु भाषिक र बहु धार्मिक राष्ट्र भएको हुनाले सबै भाषा संस्कृतिले समान अधिकार पाउनु पर्ने समारोहका बक्ताहरुले बताएका छन् ।

    आज औपचारिक कार्यक्रम सँगै केहि सांगीतिक कोशेलीहरु थिए भने भोली पनि विभिन्न कलाकारहरुले नाचगान मार्फत रमाइलो गर्ने कार्यक्रम छ ।

    कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभाका सदस्य, धर्मगुरु लगायत विभिन्न तहका मन्यवरहरुको उपस्थिति रहेका थिए ।

    नेपाली सेनाले पूर्व घोषित स्थान उपलब्ध नगरेपछि घेदुङले काठमाडौँको तिनकुनेमा ल्होछार मनाएको हो।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…