•  

    स्वागत पुन मगर/साउदी
    रातोकलम सम्बादाता-फेब्रुअरी,१७

    नेपालमा शुरु भएको महान जनयुद्धको २३ औ बार्षिकोत्सब नेपाली जन प्रगतिशील मंच साउदीले समय अनुकुल १६ फेब्रुअरी २०१८ को दिन मनाएको छ। पुर्बी जुबेल क्षेत्र स्थित होटेल एभरेष्टको सभाहलमा शुभकामना आदानप्रदान जनयुद्धका महान वीर सहिदहरु प्रती श्रद्धाञ्जली ,घाइते, तथा बेपत्ता परिवारलाई सम्मान तथा अभिनन्दन कार्यक्रमको आयोजनाको साथ साथै उक्त अवसरमा साउदी अरबका मजदुरहरुको समस्याका बिषयमा समसामयिक छलफल पनि भएको थियो।

    कार्यक्रममा पुर्बी दमाम जुबेल लगायत त्यस क्षेत्रमा हुने इच्छुक आम नेपाली दाजुभाइ तथा सुभचिन्तकका उपस्थित भएको थियो भने कार्यक्रमको सभाध्यक्षता नेपाली जन प्रगतिशील मञ्चका अध्यक्ष कमल शाही निर्मलको सभापतित्वमा सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अथिती मञ्चका केन्द्रीय सल्लाहकार तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य डोर ब. कार्की रहनुभएको उक्त कार्यक्रमको संचालन नेपाली जन प्रगतिशील मञ्चका प्रवक्ता रामचन्द्र वाग्लेले संचालन गरेका थिए।

    कार्यक्रमको सुरुवात ज्ञात अज्ञात वीर सहिदहरु प्रति १ मिनेट मौनधारण गरि सुरुभए पछि राष्ट्रिय धुन पछि प्रमुख अथिती तथा सभाध्यक्षद्वारा केक काटेर कार्यक्रम सुभारम्भ गरिएको थियो । मञ्चका उपाध्यक्ष द्वोय शिवराज भट्टराई टिकाराम पराजुली सचिव द्वोय अनिल बिक र कृष्ण तामाङ त्यस्तै बाबुराम तामाङ सोनाम डिम्डुङ राजेन्द्र थपलिया र बिदुर पौडेल अथिती रहेका थिए।महान जनयुद्धका क्रममा सहिदहुनुभएको डोटी जिल्ला लक्ष्मिनगर ३ हाल गोदावरी नगर पालिका ७ लालपुर कैलालीका सहिद डम्बर ब. पुनमगर कमरेड बदलाका भाई तथा नेपाली जन प्रगतिशील मञ्चका कोषाध्यक्ष सोभान ब. पुनमगर कमरेड स्वागत तथा वेलकोट गडि नगर पालिका ७ नुवाकोटका सहिद पोशक पुडासैनीका भजिजो उदय राज पुडासैनीलाई जुवेल क्षेत्रीय कोषाध्यक्ष सुजन पुडासैनीलाई सम्मान गरिएको छ।

    साउदी अरबमा १८ बर्षको बसाइँलाई बितमार्दै जानुहुने मञ्चका प्रमुख सल्लाहकार डोर ब. कार्कीलाई पनि बिदाई गरेको छ। समय अभावका कारण उपस्थिति हुन नसके पनि टेलिफोन मार्फत अर्को सल्लाहकार कमल महतले शुभकामना तथा बधाई दिएका थिए। भने मञ्चका महासचिव बाबुलाल बुढाले पनि सामाजिक संजाल फेसबुक मार्फत शुभकामना ब्यक्त गर्नुभएको थियोे।कार्यक्रममा हल प्रदान गर्नुहुने होटल ब्यावसायि एभरेष्ट होटेललाई धन्यवाद दिदै समसामयिक बिषयमा केन्द्रीत रहेर अत्यन्तै शान्त रुपले सफल भएको छ।
    कार्यक्रममा जनप्रगतिशील मञ्चका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।साथै सहिद द्वय कमरेड बिजय र बिभुतिका भाइ तथा मञ्चका केन्द्रीय सदस्य जगत बुढा समय अभावका कारण उपस्थित हुन सकेनन।

    बिगत २ महिना देखि मञ्चको जुवेल क्षेत्रीय कमिटी मातहत रहेका पिडित नेपाली मजदुर साथीहरू मध्येका ७ जनालाई नेपाल पठाएको र ९ जना फेरि वाकि रहेकोमा सो कार्यक्रममार्फत केही रकम हस्तान्तरण गरिएको छ र कोषाध्यक्षद्वारा मञ्चले थालेको सहयोग अभियानको बार्षिक प्रतिवेदन पनि पस्तुत गरिएको थियो विभिन्न सहयोगमा मञ्चले ११९९२ रियल उठाएको र सो रकममा १२३९९ रियल हस्तान्तरण गरिएको कुरा जानकारी गराउनु भएको थियो ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…