• २०७४ फागुन ०५ शनिवार

    पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका—१ स्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यामिक विद्यालयको ३२ औ बार्षिक उत्सव तथा अविभाबक दिवसको अवसरमा खेलकुद, विज्ञान प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको साथ शूरू भएको छ ।

    तीन दिनसम्म चल्ने कार्यक्रममा शनिबार अविभावकबीच विभिन्न खेलकुद कार्यक्रम भएको छ । कर्यक्रमको पहिलो दिन अविभावकबीच हण्डिफोर, लट्ठा तान्ने, म्युजिकल चेयर, छेलो, सियोमा धागो उन्ने खेल भएको छ ।



    महिलाहरुबीच भएको म्युजिकल चेयर खेलमा अन्जना चपागाई, सरिता राई र देवी कटुवान क्रमस प्रथम, दोस्रो र तेस्रो भएका छन् । छेलो हान्नेमा पुरुषतर्फ श्याम श्रेष्ठ, नरेन्द्र मगर, भूपाल गुरुङ, महिलातर्फ संगीता सुब्बा, रबिना लिम्बू र सुभद्रा निरौला प्रथमदेखि क्रमस तेस्रो भएका छन् ।

    हण्डीफोरमा सुसिला खालिङ्गले पुरस्कार जितेकी छन् । सियोमा धागो उन्नेमा सिना लिम्बू, गंगा भट्टराई, मिना कार्की प्रथम, दोस्रो र तेस्रो भएका छन् ।
    भोली विद्यार्थीहरुको विज्ञान तथा कला प्रदर्शनी, कक्षा नर्सरीदेखि १२ सम्म अध्ययरत विद्यार्थीहरुले बनाएका रोर्बट, मोटर, लिप्ट, स्मार्टसिटी, बोटानिकल गार्डेन प्रदर्शनहुने विद्यालय संचालक रबिन कन्दङ्वाले बताए ।
    कार्यक्रमको अन्तिम दिन बृहत साँस्कृतिक कार्यक्रमवीच पुरस्कार वितरणसहित समापनहुने विद्यालयका प्रिन्सिपल शान्तिराम तिम्सिनाले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…