• २०७४ फाल्गुन ५

    काठमाडौं। समाजसेवी श्रीजङ्ग शाह र रुद्र कुमारीले आफू बस्दै आएको घरसहितको जग्गा नेपालगञ्जस्थित फत्ते बाल आँखा अस्पताललाई दान गरेका छन् ।

    शनिबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी शाहले  काठमाडाैं कान्तिपथस्थित आफू बस्दै आएको घर र त्यसले चर्चेको जग्गा दान दिएको जानकारी गराएका हुन् ।

    आफूहरुको मृत्यु पश्चात नेपालगञ्जस्थित फत्ते बालआँखा अस्पतालले प्रयोग गर्न पाउने गरी रजिष्ट्रेसन पास गरिदिएका हुन् ।

    जग्गाको सरकारी मूल्य मात्रै २१ करोड २३ लाख २५ हजार रुपैयाँ छ । बेच्ने हो भने करिव एक अर्ब पर्न आउँछ ।

    श्रीजङ्गका बुबा कप्तान फत्तेजंग शाह तथा आमा बाल दिव्यश्वरी शाहले नेपालगन्जको फुटेग्रास्थित २० कोठाको घर र करिब ३० कठ्ठा जग्गा यही अस्पताललाई दान दिएका थिए ।

    त्यसैले अस्पतालको नाममा नै दाताको नामबाट रहृयो ।

    शाहले देश र जनताको हितका लागि आफूले आखा अस्पताललाई जग्गा दान दिएको बताए ।

    ९१ वर्षीय श्रीजंग पत्नी रुद्रकुमारीसँगै बस्दै आएका छन् । उनीहरुकी एक विवाहित छोरी छिन् ।

    २०४३ सालमा १० शैयाबाट सुरु भएको फत्ते बाल आँखा अस्पताल अहिले २ सय ५० बेड सञ्चालनमा छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…