• २०७४ फागुन ०५ शनिवार

    गोर्खा-

    क्रान्तिकारी केन्द्रीय सचिवको नेतृत्वमा गोर्खा पुगेको टोलीले गोरखा क्रान्तिकारीको वैठकमा सहभागी जनाउँदै  फागुन १४ गते रम्तेलको सम्झनामा स्मृति सभा र स्वास्थ्य शिविर गर्ने निर्णय गरेको छ ।

    कार्यक्रमको तयारीका लागि भएको बैठकमा बोल्दै विद्यार्थी नेताहरुले आन्दोलनलाई मजबुत र उर्जाशील बनाउने प्रतिवद्धता गरे । माओवादी नेता अमर तमुले माओवादीले जनयुद्धमार्फत् उठाएका एजेन्डाहरुलाई स्थापित गर्दै अठाडि बढ्ने बताए । उनले आन्दोलन, युद्ध, निर्वाचन, लोकतान्त्रिक प्रतिश्पर्धा सबैमा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै त्यो युगिन दायित्व निर्वाह गर्न आग्रह गरे ।

    बैठकमा क्रान्तिकारीका केन्द्रीय उपमहासचिवआशा तमु,सचिव क्षितिज सापकोटाले आफ्नो मन्तव्य मार्फत सम्बोधन गर्नु भएको थियो। सचिव सापकोटाले बैठकमा बोल्दै क्रान्तिकारीहरु कुनै पनि परिस्थितिलाई यथार्थपार्क ढंगले विश्लेषण गर्ने र सोहीअनुसार आफ्नो क्रियाकलापलाइजनमुखी बनाउने इतीहास रहेको स्मरण गर्नुभएको थियो ।साथै उहाले युग बदल्ने क्रान्तियुद्धमा होमिएर सहादत प्राप्त गर्ने हर सहिदको थोपा थोपा रगतलाइ उच्च मूल्यांकन गर्ने र सोहिअनुरुप सङ्गठनलाइ जनहितमा अगाडी बढाउँन कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।बैठकमा क्रान्तिकारीकेन्द्रीय सदस्य राजन आले,पुर्व बिधार्थी नेता जीवन पोखरेल(कन्चन) लगायतले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…