• दीप लिम्बू,क्वालालम्पुर
    फेब्रुअरी-१७
    रातोकलम अनलाइन!

    चिनियाँ नया बर्षको अवसरमा मलेशियन सरकारले दिने लामो सार्बजनिक बिदाको अवसरमा विभिन्न नेपालि सघ,सस्थामा आवद्ध नेपालिहरुले मनोरञ्जनात्मक कार्यक्रम गरेर बिताउने गर्छन।यसै क्रममा तामाङ समाज मलेशियाले पनि रास्ट्रीय पर्ब सोनाम ल्होछार-२८५४ को आयोजना गरेको थियो।

    समाज द्वारा आयोजित सोनाम ल्होछारको पहिलो दिन फेब्रुअरी-१६ तारिक गार्डेन होटेल पातुपाहत र आज सनिवार कोतरायाको एरिना होटेलमा अन्तिम कार्यक्रम गर्दै सम्पन्न गरेको छ।

    तामाङ समाज मलेशियाका केन्द्रिय अध्यक्ष चक्र घिसिङ तामाङको सवापतित्व र समारोहका प्रमुख अतिथि जनजाति आदिबासी महा सघ मलेशियाका अध्यक्ष पिटि शेर्पा ले गरेका थिए।विशिष्ट अतिथि एन. आर.एन मलेशियाका हेम राज सापकोटा रहेका थिए।

    त्यस्तै अतिथिहरु नेपालि जनप्रगतिसिल मन्च मलेशियाका अध्यक्ष प्रेम पाण्डे,नेपाली प्रबासी सितेरीयो कराते सघ मलेशियाका अध्यक्ष योगेन्द्र कोइराला,प्रबासी थारु एकता समाज मलेशियाका प्रतिनिधि रहेका थिए।

    लामा गुरुहरुको पुजा पाठ सहित नेपाली रास्ट्रीय गित बजाएर मध्यान्ह १ बजे बाट सुरुवात गरिएको कार्यक्रम साझ करिब ५ बजे सम्म चलेको थियो।

    आफ्नो जाती,भाषा,रहस सहन र सामुदायिक एकता र जातियता प्रती सामाजिक उत्तर दायित्व तथा सामाजिक सत्भाब कायम गर्ने उदेश्यले परम्परा अनुसार बिस्वभरिका तामाङ समुदायले ऐतिहासिक सोनाम ल्होछार लाई रास्ट्रीय पर्बको रुपमा मान्ने प्रचलन रहेको छ।

    मलेशियामा श्रम गर्न आएका विभिन्न क्षेत्रका तामाङहरु लाइ सङठित गरेर सन २००५ मा स्थापना भएको उक्त सस्था मलेशियाका विभिन्न जातिय सस्थाहरु मध्य एक कृयसिल सस्था मानिन्छ।समाजले आफ्नो स्थापना काल देखिनै रास्ट्रीय पर्व मनाउदै आएको छ।

    भने यो १३ औ पल्टको सास्कृतिक कार्यक्रम हो।समाजले मलेशियामा श्रम गर्ने बिपतमा परेका हरेक नेपालीहरु लाई पनि आर्थिक सहयोग गर्दै आइरहेको छ।

    उक्त कार्यक्रममा नेपाल बाट आमन्त्रीत ख्याप्ती प्राप्त कलाकारहरु म्होन्दो माया गायक सुमन घले,चर्चित सेलो गायिका जितु लोप्चन,सगित बिधाको ३ ओटा क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल संगीतकार एबम गायक टीका बम्जन र गायिका सुस्मिता स्याङ्तान ले प्रस्तुति दिएर दर्शकका मन जितेका थिए।

    [caption id="attachment_9565" align="alignleft" width="1096"] तामाङ समाज क्षेत्रीय समिती बातु पाहत।[/caption]

    कार्यक्रम लाई थप उर्जा दिन मलेशियामै रहेर सागितिक क्षेत्रमा उदायमान स्थानिय कलाकारहरु कोरियो ग्राफर तथा डाइरेक्टर मौसम तामङ,सन्जिब तामाङ्ले पनि उपस्थित दर्शकहरु लाई विभिन्न बोलका गितहरु द्वारा मनोरञ्जन दिएका थिए।भने कार्यक्रम सन्चलन समाजका सचिब सेरफ तामाङ र प्रनिता तामाङ्ले गरेका थिए।

    तामाङ समाज मलेशियाका अध्यक्ष र जनजाति आदिबासी महासघ मलेशियाका महासचिव लाई बिदाइ।

    मलेशियालाइ कर्म थलो बनाएर करिब ४ बर्ष अघि मलेशिया आएका चक्र घिसिङ तामाङले तामाङ समाज मलेशियाको नेतृत्व एक कार्यकाल गरेका थिए।मलेशियाको लामो बसाई पछि आफ्नो कार्य अवधी लाई बिट मार्दै समाजका अध्यक्ष तामाङ यहि फेब्रुअरीमा स्वदेश फर्कदै छन।सामाजिक कार्यमा लगाब राख्ने अत्यन्तै कृयसिल घिसिङ जनजाती आदिबासी महा सघ मलेशियाका महासचिव पनि हुन।

    समाज लाई गति दिन विभिन्न क्षेत्र बाट कृयसिल अध्यक्ष घिसिङ लाई वाहाको योगदान,लगाब र सक्रियताको उच्च कदर गर्दै सम्मान सहित ल्होछार कार्यक्रमकै बिच तामाङ समाज मलेशिया र जनजाति आदिबासी महासघ मलेशियाले सङ्युक्त रुपमा बिदाइ गरेको हो।

    जनजाति आदिवासी महा सघ मलेशियाका अध्यक्ष पिटि शेर्पा र तामाङ समाज मलेशियाका वरिष्ठ उपाध्यक्ष राम तामाङ (पुर्बेली ठुले)ले प्रसंशा पत्र तथा खादा ओडाएर बिदाइ गरेका थिए।आफुले आफ्नो कार्यकाल अवधी भरिका कार्यभार लाई स्मरण गर्दै तामाङ समाज मलेशिया र जनजाति आदिबासी महा संघ लाई थप सकृय पुर्बक अगाडि बढाउन अनुरोध गर्दै बिदाइको हात हल्लाएर मन्च बाट बिदा भएका थिए।

     कलाकार लाइ सङ्युक्त सम्मान तथा बिदाई।

    तामाङ समाज मलेशियाको आयोजनामा भएको सोनाम ल्होछारका लागि नेपाल बाट आएका आमन्त्रित कलाकार तथा स्थानिय कलाकारहरु लाई कला र प्रतिभाको कदर गर्दै सम्मान गरेको छ।

    कलाकारहरु लाई तामाङ समाज मलेशियाका बरिस्ठ उपाध्यक्ष राम तामाङ र जनजाति महासघका अध्यक्ष पिटि शेर्पाले मायाको चिनो दिएर सङ्युक्त रुपमा सम्मान गरेको हो।

    सो कार्यक्रमकै बिच काभ्रे सेवा समाज मलेशियाले पनि नेपाल बाट आमन्त्रीत कलाकार सङित बिधाको ३ ओटा क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल गायक टीका बम्जन,सेलो गायिका जितु लोप्चन,म्हेन्दो माया गायक सुमन घले र सुस्मिता स्याङ्तान लाई काभ्रे सेवा समाजका अध्यक्ष उर्गेन थोकरे खादा ओढाएर सम्मान गरेको हो।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…