• दुधे, भदौ २१ ।
    सतासीधाम जेसीजको तेश्रो संस्करणको मिनि म्याराथन यस वर्ष भदौ ३१ गते हुने भएको छ ।
    सतासीधाम जेसीजले मंगलबार एक विज्ञप्ती प्रकाशित गरि तेश्रो संस्करणको मिनि म्याराथन भदौ ३१ गते विहान ७ वजे हुने जनाएको छ

    यस अघि भदौको पहिलो साता हुने भनिएको सो कार्यक्रम भारि वर्षा र वाढीका कारण स्थगित गरिएको थियो ।
    पर्यटन प्रवद्र्धन गर्ने उद्देस्यले जिल्लाको कन्काई पुल देखि सताक्षीधाम मन्दिर परिषर सम्मको दुरिमा मिनि म्याराथम आयोजना हुदै आएको थियो । यो वर्ष पनि साविककै स्थान देखि दुरीमा म्याराथन आयोजना हुने भएको हो ।

    म्याराथनका विजेताले नगद १५ हजार पाउने आयोजक सतासीधाम जेसीजका अध्यक्ष विनोद खरेलले वताए । उनले भने उपविजेता ले १० हजार र तृतिय हुनेले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र पाउने छन ।

    पर्यटकिय नगर शिवसताक्षीको सताक्षीधाम, दोमुखा र चिल्लागढ धाममा पर्यटन प्रवद्धन गर्ने उद्देस्यले सतासीधाम जेसीजले प्रत्येक वर्ष मिनि म्याराथन आयोजना गर्दे आएको विज्ञप्तिमा उल्लेख छ ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…