•  

    पथरी । जनताको जीउधनको सुरक्षा गर्ने प्रहरी स्थानीय जनप्रतिनिधिबाट असुरक्षित बन्न थालेका छन । स्थानिय सरकार गठन भएको एक बर्ष पनि पुग्न नपाउदै मोरङ पथरीशनिश्चरेकी उपमेयर यमुना बास्तोला (बिष्ट) बाट प्रहरी असुरक्षित बन्न थालेको खुलेको छ ।





     




    पटक पटक आलोचित हुँदै आएकी उपमेयर बिरुद्घ जनताको गुनासोको चाङ नै लागेको छ । जनता न्यायलयमा जाँदा निरास हुँदै फर्कनु परेको अबस्था रहेको छ । केही दिन अघि पथरीशनिश्चरेकी एक एकल महिलाको उठिबास लगाउने प्रयास गरेको उनीमाथी आरोप छ । उक्त योजना सफल हुन नपाएपछि उनी झोकिँदै चौकी ईन्चार्ज असई नन्दलाल अधिकारी थारूलाई टेलिफोन मार्फत सुरुवा गर्ने, जागिर खाने भन्दै धम्की दिएकी छिन ।

    उनले म स्थानिय सरकार हुँ मैले भनेको आदेश मान्ने हो त्यो घर तु खाली गर, भनेर आदेश दिएकी थिईन, तर असई थारुले भने हामीले त्यसो गर्न नमिल्ने र गर्नै परे माथिको आदेश आउनु पर्ने अभिब्याक्ती दिए पछि उनले अन्य प्रहरीलाई समेत अपमान गरेकी छन । पथरीशनिश्चरे ९ मा रहेको प्रहरी चौकीका असई नन्दलाल अधिकारी थारु लाई तथानाम गाली गलौज गरेकी हुन । उनले थारूको सरुवा गर्न पथरी प्रहरीका सई राजकुमार बस्नेतलाई फोन मार्फत आदेश दिएकी थिईन ।

     

    उपमेयरले न्यायलयमा न्याय माग्न जाँदा तुच्छ वचन प्रयोग गर्ने, तिमी को हौ म चिन्दिँन, यो मेरो न्यायलय हो, मेरो अडर चल्छ भन्दै पक्ष लिएर आक्रोश पोख्ने गरेको गुनासो धेरैको छ । सुचनाको हक पाउने जनताको अधिकार हुदाँ पनि संचारकर्मी सुचना लिन जाँदा अपमान गरी फर्काउने गरेकी छिन । नगरमा खुलेका जागिरमा आबेदन भरेका एक ब्याक्तीलाई जागिर खाएउ त ? भन्दै खिल्ली उडाउदै अपमान गरेको पिडित बताउँछन ।

     

    यस बिषयमा उपमेयर बाँस्तोला सँग सम्पर्क गर्दा आफु कसैलाई अन्याय नगरेको,आफुले न्यायको पक्षका काम गर्ने,कसैलाई धम्की नदिएको र बिपक्षी पार्टीका केही कार्यकर्ताहरुले आफ्नो बेईज्जत गर्न यसो गरेको प्रतिक्रिया दिएकी छिन । आफु पार्टीको कार्यकर्ता नभएको र जनताको साझा प्रतिनिधि भएको बताएकी छिन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…