• उर्लाबारी भदौं २१ गते । मोरङ उर्लाबारी—९ खोपिँडाडाका युवा समाजसेवी सुन्दर श्रेष्ठले आफुले पहिले अध्ययन गरेको स्थानीय प्रभात निमाविमा मञ्च निर्माण गरिदिनु हुनेभएको छ ।  विद्यालयमा कार्यक्रम गर्न सहजता होस भनेर आफ्नो एकल लगानीमा उहाँले
    विद्यालयमा पक्कि मञ्च निर्माण गर्न लाग्नुभएको हो । मञ्चको बुधबार बिहान ८ बजेतिर शिलान्यास गरिएको छ । शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन चापाँगाई, व्यवस्थापन समितिका अध्यक्ष रुद्र सुब्बा, उर्लाबारी—९ का वडा
    अध्यक्ष बमबहादुर फ्याक, लालिमा समाज सेवा केन्द्रका अध्यक्ष सुरेन्द्र शेर्मा,सञ्चारकर्मी तेजन खड्का लगायत स्थानीय गाउँवाशीको सहभागिता रहेको थियो । श्रेष्ठले उक्त विद्यालयमा मंगलवार बृक्षारोपण समेत गरिदिनुभएको थियो । विद्यालय परिषरमा रुद्राक्ष जातको २ दर्जन विरुवा रोपिएको छ । विद्यालयमा शितलता र आम्दानीको स्रोतको लागि बृक्षरोपण गरिएको उहाँले बताउनुभयो ।



    यस्तै,उहाँले यसअघि उक्त विद्यालयमा नै घेराबाराको लागि ५० हजार नगद पनि सहयोग गर्नुभएको थियो । स्टेज नहँुदा भब्य कार्यक्रम गर्न असहज भईरहेको अवस्थामा पूर्व विद्यार्थी श्रेष्ठले
    निर्माण गरिदिने भएपछि अभिभावक विद्यार्थी तथा स्थानीय खुशी भएको प्रधानाध्यापक चापाँगाईले बताउनुभयो । श्रेष्ठले विद्यालयमा रंगरोगन समेत गरिदिने हुनुभएको छ । आफु पढेको विद्यालयको धेरै माया लाग्ने गरेको र आफुले सक्दा सहयोग गरेको सुन्दरले बताउनुभयो ।


    यो विद्यालयका भाईबहिनीको उज्वल भबिष्यको लागि म सक्ने सहयोग गर्न सधै तत्पर रहनेछ, उहाँले भन्नुभयो । श्रेष्ठले एकल गाउँमा पनि सडक बत्ति जडान गरेर सहयोग पुर्र्याईरहनुभएको छ । उहाँले नेगीटोलको एक मन्दिरमा घण्टी समेत
    सहयोग गर्नुभएको थियो ।
    राजधानीमा व्यवसाय गर्नुहुने सुन्दरले आफ्नो बुवा इन्द्रनारायण श्रेष्ठको स्मृतिमा उक्त कार्य गरेको बताउनुभयो ।

    गाउँको पीडामा सक्दा मल्हम पट्टी लगाउने प्रयास हो मेरो, इच्छा शक्तिको साथ सबै लागिपर्ने हो भने समृद्धी खोज्न अन्त जानु पर्दैन जस्तो लाग्छ । गाउँको विकास निर्माणमा सक्रिय सुन्दर गाउँ आउदा सामाजिक काममा ब्यस्त रहनुहुन्छ । पहिल्यै निक्कै संघर्ष गरेर स्थापित भएका सुन्दर धन भएर भन्दा पनि मन भएर सहयोग गरेको बताउनुहुन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…