• २०७४ फाल्गुन ६


    काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धनको सरकारका लागि दुई पार्टीका नेता सम्मिलित कार्यदलले कामका प्राथमिकताहरु निर्धारण गरेको छ ।

    एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका प्राथमिकतासहितको प्रतिवेदन बुझाएको हो ।

    सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दुई अध्यक्षसहित बसेको कार्यदलको बैठकले दुई पार्टीको संयुक्त चुनावी घोषणा पत्र र संविधानको भावना अनुसार आफ्ना कामका प्राथमिकता तय गरेको छ ।

    एमाले उपाध्यक्ष तथा कार्यदलका संयोजक वामदेव गौतमले ओली नेतृत्वको वाम सरकारले समाजवादोन्मुख सामाजिक आर्थिक रुपान्तरणका लागि काम गर्ने भएको छ ।

    दुई दलले आफ्नो चुनावी घोषणापत्रमै आफूहरुलाई समाजवादोन्मुख यात्राका लागि अघि बढाउँदै देशमा सामाजिक आर्थिक विकासलाई तीब्र बनाउने जोड दिएको थियो ।

    ‘अब यो सरकारले खरायोको गतिमा काम गर्नु जरुरी छ’, उपाध्यक्ष गौतमले भने, ‘तीब्र गतिमा देश विकास गर्न सकेमा मात्रै आर्थिक सामाजिक सम्मुनति सम्भव छ ।

    त्यसका लागि अर्बौँ लगानीका ठुला परियोजनामा हात हाल्नु जरुरी छ ।’

    कार्यदलले ओली नेतृत्वको सरकारले देशमा ठुला ठुला विकास निर्माण योजना निर्माण गर्न सुझाव दिएको छ ।

    उपाध्यक्ष गौतमका अनुसार माथिल्लो कर्णाली, पूर्व–पश्चिम द्रुत तथा रेलमार्गसहितका ठुला परियोजनामा वाम सरकारले हात हाल्नुपर्ने सुझाव दिइएको छ ।

    गौतम नेतृत्वको कार्यदलले ठुला योजना निर्माणसँगै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गरिबी हटाउनेतर्फ सरकारको प्राथमिकता हुनुपर्ने पनि सुझाव दिएको छ ।

    वाम गठबन्धनको चुनावी घोषणापत्रमा उल्लेख भए अनुसार ओली नेतृत्वको सरकारले कम्तिमा दुई वर्षमा नेपाललाई खाद्यान्नमा आत्मनिर्भर तथा तीन वर्षमा निर्यात गर्न सक्षम बनाउने कामको सुरुवात गर्ने भएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…