• २०७४ फाल्गुन ७ सोमबार

    नेपाल प्रहरी संगठन करिब डेढ वर्षदेखि रणनीतिक कार्ययोजना बिना चल्दै आएको छ।

    प्रहरीको वार्षिक र पन्चवर्षीय योजना हुन्छ र सोही अनुसार संगठन चलेको हुन्छ, तर डेड वर्षदेखि संगठन रणनीतिक कार्ययोजना बिनै चल्दै आएको छ।

    प्रहरीको रणनीतिक कार्ययोजना गृह मन्त्रालयले पास गर्नुपर्ने हुन्छ, तर डेढ वर्ष भयो गृहले उक्त योजना पास गरेको छैन।

    जसका कारण प्रहरीसंगठन भित्र विभिन्न खालका समस्या हुने गरेको प्रहरी अधिकारी बताउँछन्।

    ‘प्रहरीका कुनै सामान खरिददेखि नीतिगत योजना बनाउँदा संगठनको रणनीतिक योजनामा टेकेर काम गर्नुपर्ने हुन्छ, तर गृहले उक्त योजना किन रोख्यो थाहा छैन,’ नेपाल प्रहरीका एक डीआईजीले  भने, ‘प्रहरीका हरेक काम सोही योजनामा टेकेर गनुपर्छ तर लामो समय भयो गृहले त्यो योजना रोखेको छ कारण के हो थाँहा छैन।’

    भनेर मात्र होइन व्यवहारमा पनि प्रहरी संगठीत हुनुपर्ने ती अधिकारीको दाबी छ।

    ७० हजार संख्या भएको प्रहरी संगठन योजना अनुसार चल्नुपर्छ, संगठनको एक नम्स  हुन्छ, भन्ने बेलामा प्रहरी संगठनलाई आधुनिक बनाउँछौ भन्ने अनि डेढ वर्षसम्म योजनै पास नगर्ने?,’ ती डीआईजीले भने।

    यता प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले उक्त रणनीतिक योजना गृहमा पास हुने चरणमै रहेको दाबी गरे।

    योजना पास भएको छैन भनेर प्रहरीको नियमीत काम रोखिदैन, काम हुँदैछ, तर गृहबाट उक्त योजना पास हुनुपर्छ, चरणमै छ’, प्रवक्ता न्यौपानेले भने।

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डेढ वर्षअघि पञ्वर्षीय योजना बनाएर स्कीकृतका लागि गृह मन्त्रालयमा पठाए पनि गृहले उक्त योजना रोखि राखेको छ।

    ‘गृहमा भएको योजना पास गराईदिन भन्दै धेरै पटक आवाज उठाइयो, तीन पटक लिखित पत्रै काटियो, तर पनि कुनै सुनुवाई भएन,’ नेपाल प्रहरीका एक एआईजीले  भने, ‘गृहका अधिकारीलाई चित्त बुझेन भन्दै संगठनलाई पछि धकेल्ने काम भयो, पछिल्लो सयमा संघीय ऐनसँग कुरालाई कन्भर्ट गरिएको छ, प्रहरीको दैनिकी चलाउने योजना पास गर्नुपदैन? उनले प्रश्न गरे।

    यसैबीच गृह मन्त्रालयले प्रहरीको रणनीतिक कार्ययोजनामाथि छलफल जारी रहेको बताए।

    ‘प्रहरीको रणनीतिक कार्ययोजनाका बारेमा छलफल जारी छ,’ प्रवक्ता मोहनकृष्ण सापकोटाले  भने,‘योजना बनाउँदा हेर्नुपर्ने हुन्छ, हामी हेर्दौ छौं।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…