•  २०७४ फागुन ०७ सोमबार

    एभरेष्ट अंग्रेजी आवासीय माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा लोचन मिश्रले भनिन् ‘मासिक श्राव’ (महिनावारी) बारे पाठ्यक्रम र पुस्तकमा पर्याप्न बिषय नभएको कारण आम महिलाहरुले समाजिक समस्या भोग्नु परिरहेको बताएकी छन् ।



    मोरङको पथरीशनिश्चरे नगरपालिका—१ म स्थापित विद्यालयको ३२ औ बार्षिक उत्सव तथा अविभाबक दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्ने क्रममा विज्ञान संकायमा अध्ययनरत छात्रा मिश्रले सो कुरा बताएकी हुन् । पाठ्यक्रममा मासिक श्राव बारे पर्याप्त शिक्षा नहुदा विद्यार्थी तथा आम महिलाहरुले अझैपनि सामाजिक समस्याहरु भोग्नु परिरहेको बताए ।
    कार्यक्रममा विद्यालय सञ्चालक रबिन कन्दङ्वाले घोक्ने भन्दा अभ्यास र प्रयोगको माध्यमबाट सिकाइ राम्रो हुने भएको बताए । एभरेष्टमा सोही माध्यम अपनाइन्दै आएको कारण विद्यार्थीहरुले उच्च अंक ल्याउने गरेको बताए । कार्यक्रममा बिनोद कार्की, हिरालाल देवकोटा, पर्शु मिश्र, ऋषि धिमाल लगायतले शुभकामना दिएका थिए ।

    विद्यालयका पूर्व विद्यार्थी इन्जिनियर अनुप साउदेन, २० बर्ष अघिदेखि सो विद्यालयमा कार्यरत शिक्षकहरु शान्तिराम तिम्सिना, बेदनिधि खनाल र जेएन नेपाललाई सम्माणपत्र र दोसाल्ला ओढाएर सम्माण गरेको छ । अनुप साउदेन अहिले सरकारको तृतीय श्रेणीको अधिकृत (इन्जिनियर) हुन् ।


    उत्सवमा विद्यार्थीहरुले तयार पारेको करिव २ घण्टाको साँस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो । बार्षिक परीक्षामा प्रथम, द्धितीय र तृतीयहुने विद्यार्थीहरु, दिवसकै अवसरमा आयोजित अविभावक खेलकुद कार्यत्रमका विजेताहरु, विज्ञान तथा कला प्रदर्शनीमा उत्कृष्ट स्टलहरुलाई पुरस्कार वितरण भएको थियो ।

    तीन दिनसम्म भएको कार्यक्रमको पहिलो दिन अविभावक खेलकुद, दोस्रो दिन विद्यार्थीहरुले तयार पारेको विज्ञान तथा कला प्रदर्शनी र तेस्रो दिन सांगीतिक साँस्कृतिक कार्यक्रम गरेको थियो । विज्ञान तथा कला प्रदर्शनी, कक्षा नर्सरीदेखि १२ सम्म अध्ययरत विद्यार्थीहरुले बनाएका रोर्बट, मोटर, लिप्ट, स्मार्टसिटी, बोटानिकल गार्डेन प्रदर्शनी भएको थियो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…