• उर्लाबारी /दमक–५ का एक युवा सुत्केरी श्रीमतीलाई अलपत्र पारेर बेपत्ता बनेका छन् । २८ वर्षीय रेवत कट्वालले ७ दिनकी सुत्केरीलाई छाडी अन्जली खान नामकी युवतीलाई लिएर फरार रहेका हुन् ।
    विर्तामोड–६ स्थित नमूना होटलमा कार्यरत अन्जलीसँग रेवतको लामो समयदेखि अवैध सम्बन्ध रहँदै आएको केटा पक्षको पारिवारिक स्रोतले जनाएको छ । रेवतले ससुरालीबाट प्राप्त नगद र सुनचाँदीसमेत लिएर फरार भएका हुन् ।



    रेवतका ससुराली पक्षले उनको खोजी कार्य गरी आफ्नी छोरीको दयनीय अवस्थालाई सामान्य बनाइदिन दमक प्रहरीमा उजुरी गरेका छन् । मोबाइल स्वीच अफ गरेका रेवत र अन्जली काठमाडौंको बालाजुमा रहेको बताइएको छ । यद्यपि, उनी बालाजुको कुन ठाउँमा छन् भन्ने खुल्न सकेको छैन ।

    नवजात शिशुका साथमा जीवन व्यतीत गरिरहेकी सुत्केरी महिलालाई उचित स्याहार नहुँदा आमा छोरा दुवैको अवस्था नाजुक बन्दै गएको छ । एकातिर सुत्केरी आमाको पीडा त छँदैछ, अर्कातर्फ ७ वर्षीय जेठो छोराको बायाँ खुट्टा भाचिएको अवस्था छ । उनको पनि भनेजस्तो उपचार नहुँदा कठिनाइ भएको पीडित महिलाले बताइन् ।

    प्रहरीलाई हारगुहार गर्दा पनि खोजी कार्य सुस्त बनेको पीडित परिवारको भनाइ छ । फरार रेवत र अन्जलीलाई तुरून्त खोजी गरिदिन उनीहरूले प्रहरीसमक्ष अनुरोध गरेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…