• २०७४ फागुन ०७ सोमबार

    मोरङ—मोरङको पथरीशनिश्चरे नगरपालिकामा आयोजित तेस्रो नगर कप फुटबलको उपाधि एक नम्बर वडाले चुमेको छ । सोमबार भएको फाइनल खेलमा वडा नम्बर २ लाई २—१ को गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

    विजेता टीमको लागि दीपक राई र रबिन राईले मध्यन्तरपछि गोल गरेका थिए । उपविजेता वडा नम्बर २ का स्टाइकर सन्तोष न्यौपानेले पहिलो हाप सुरु भएको केही मिनेटमै गोल गरेका थिए । वडा नम्बर १ बाट उपाधिसँगै विजेता र उपविजेता टीमलाई क्रमस ४० र २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

    फाइनल खेलको म्यन अफ द म्याच वडा नम्बर एकका क्याप्टेन मिन धिमाल घोषित भए । वेष्ट गोलकिपर एककै अर्जुन बस्नेत, उदयमान खेलाडि निमण लिम्बू, सर्वोकृष्ट खेलाडि साइमन लिम्बू, प्रशिक्षक किरण धिमाल घोषित भए । त्यसैगरी वेष्ट डिफेन्डर सुबास तामाङ, मिड फिल्डर कबि राई र वेष्ट फर्वाड सन्तोष न्यौपाने घोषित भए । खेल अवधिभर ११ गोल गर्ने वडा नम्बर १ का खेलाडी सुमन राई हाइ स्कोरर घोषित भए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…