• रातोकलम सम्बादाता।

    फेब्रुअरी-१९ कुबेत

    नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्याैपाने हिँजो १८ फेब्रुअरी २०१८ का दिन साँझ ६ बजे निर्घात कुटपिट बाट घाइते भएका छन।गैर अावासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष समेत रहेका अर्जुन तामाङ द्वारा सांघातिक हमला गरि निर्घात कुटपिट गरेकोमा नेपाली जनप्रगतिसिल मन्च कुबेतले बिज्ञ्यप्ती जारी गरेर आपत्ति जनाएको छ।

    [caption id="attachment_9762" align="alignleft" width="262"] एन.आर.एन कुबेतका अध्यक्ष:अर्जुन तामाङ[/caption]

    एन.आर.एन कुबेतका अध्यक्ष सहेत रहेका तामाङले गैर जिम्मेवारी पुर्ण तरिकाले अर्का सस्थाका जिम्मेवार ब्यक्ती माथी योजना बद्ध हमला गरेर ज्यानै लिन खोज्नु प्रेस स्वतन्त्रताको खिलाप रहेकोमा मन्चले गम्भीर आपत्ति ब्यक्त गरेको हो।

    न्यौपानेको हाल अस्पतालमा उपचार भइरहेको नेपाली जन प्रगतिशील मञ्च कुवेतका अध्यक्ष मन कुमार गुइदेल र महासचिव श्याम पराजुली द्वारा हस्तक्षरित बिज्ञ्यप्तीमा उल्लेख छ।

    साझ करिब ६ बजे महासंघ कुवेतका अध्यक्षलार्इ सुनियोजत षड्यन्त्रका साथ पटक पटक फोन गरि विशेष छलफल गर्न छ भनि कुवेतको फरवानिया स्थित सुजन के सि को कोठामा बोलाएर एनअारएन कुवेतका अध्यक्ष समेत रहेका मानब तस्कर अर्जुन तामाङ र उनका मतियारहरू वैदेशिक रोजगार सरोकार समाजका अध्यक्ष श्याम लामा, सरोकार समाज कुवेतका संरक्षक कुमार पुरी तथा उपाध्यक्ष दिनेश उप्रेतीको मिलोमतोमा हात हतियार सहित हमला गरेका थिए।

    [caption id="attachment_9764" align="alignleft" width="221"] घाइते:नेपाल पत्रकार महासघ साखा कुबेतका अध्यक्ष[/caption]

    आफु माथी कुटपिट हुन थाले पछि शाखाका अध्यक्ष न्याैपाने त्यहाँबाट भागेर ज्यान बचाउन सफल भर्इ उपचार गर्न अादान अस्पतालमा पुगेको थिए।एक जिम्मेवार संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेका व्यक्तिले अाफ्नो पदिय हैसियतलार्इ ख्याल नगरी प्रेस र अभिव्यक्ति स्वतन्त्रता माथि नै हस्तक्षेप गरि अर्को जिम्मेवार संस्थाका अध्यक्ष माथि सांघातिक हमला गरी कुवेतको नेपाली समुदायमा अराजकता फैलाउन खोजेको ठहर गर्दै यस किसिमको निन्दनीय कार्यको घोर निन्दा गर्दै घटनाको अविलम्ब छानविन गरि दोषीमाथि कडा भन्दा कडा कारवाही गर्न गैर अावासिय नेपाली संघ केन्द्रिय समिति तथा नेपाली राजदूतावास लाई मन्चले आग्रह गरेको छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…