• रातोकलम सम्बाददाता, नुवाकोट।  तामाङ फाउन्डेसन नेपाल २०७४ भाद्र ९ गते राष्ट्रिय नाचघर जमलमा एेतिहाँसिक घाेषणा सभा गरेकाे फाउन्डेसनले एक वर्ष नपुग्दै विभिन्न जिल्लाहरुकाे कुनाकुना तामाङ युवाहरुलाई एकजुट बनाउने कदम तिव्र देखिएकाे छ । जिल्ला शाखा नुवाकोट समिति मंसिर १२ गते सदरमुकाम स्थित विदुरमा रहेको सचेतन हलमा करण तामाङकाे अध्यक्षतामा भएको थियो । नुवाकोटकाे स्थानीय निकाय किस्पाङ गाउपालिका, बेलकाेटगढी न. पा. हुदै "कला , संस्कृति , भाषा, साहित्य , धर्म , भेषभुषा हाम्रो पहिचान ,, तामाङ एकताकाे साझा मुद्दा तामाङ फाउन्डेसनकाे अभियान" भन्ने नारा बाेक्दै साेमबार सूर्यगढी गाउपालिका सम्म पुगेको छ ।

    सूर्यगढी गाउपालिकामा साेमबार तामाङ फाउन्डेसन नेपाल सूर्यगढी गाउपालिका उपशाखा १७ सदस्यीय समिति गठन भएको छ । उक्त समितिमा अध्यक्षमा रामकृष्ण तामाङ, सचिवमा अनिल कुमार तामाङ लामा, काेषाध्यक्षमा सविना तामाङ , उपाध्यक्षमा राजु लामा, सहसचिव मा अस्मिता तामाङ चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा चरीमाया तामाङ , सन्ताेष तामाङ , अनिल तामाङ , अार्यन तामाङ , सागर तामाङ , अनिल तामाङ , राेमन तामाङ , मङ्गल तामाङ , सुशीला तामाङ , शृजना तामाङ , अन्जु तामाङ र स्प्रिति तामाङ चयन हुनु भएको छ । यसै साथ सल्लाहकार संयाेजक विष्णु तामाङ रहनु भएको छ ।

    तामाङ फाउन्डेसन नेपालले गर्ने कार्यहरु , यसका उदेश्य , दीर्घकालीन याेजना र युवाहरु कसरी सक्रिया रहने भन्ने विषयमा जिल्ला अध्यक्ष तामाङले प्रस्ट पार्नुभएकाे थियो । तामाङ फाउन्डेसन नेपाल प्रति सूर्यगढीका स्थानीयहरु चासाे मुलक एवम् सकरात्मक देखिएको जिल्ला अध्यक्ष तामाङले बताएका छन ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…