• तिलोचन गौतम 

    रातोकलम अनलाइन 

    क्वालालम्पुर/फेब्रुअरी-१९

    मलेसिया लगायत अन्य देशहरुमा नेट्वोर्क ब्यबसाय को नाममा थुप्रै ले लुट मचाइ रहेका उदाहरण हरु र लुटिएका अनुहार हरु प्रसस्तै पाइन्छ। थोरै पैसा लगानी गरेर छोटो समयमा धेरै पैसा कमाउने प्रलोभन देखाएर हजरौ श्रमिक ठगी गर्ने गरेको तथ्य जगजाहेर छ ।

    [caption id="attachment_9775" align="alignleft" width="426"] ब्याबसयिक योजना मुनाफाको नमुना।[/caption]

    (1W1b) अर्थात (one world one business) ले धेरै लाई ठगी गर्दै आएको यथार्थ बिरलै सुन्न पाइन्छ।त्यस्तै 1W1b भनेर अहिले एकदमै चर्चामा रहेको कम्पनी एक बिदेशी जर्मनी नागरिक को मातहत मा रहेको र एकजना नेपालीले मलेसियामा बसेर सफ्टवेयर इन्जिनियरको सहयोगमा वेबसाइट बनाएर संचालन गरेको कम्पनी हो भन्ने तथ्य भर्खरै खुलेको छ। ।हाम्रो टिम भने यो बारे अझ बिस्तृत प्रमाण जुटाउन र बास्तबिकता खोज्न उक्त ब्याबसाय सङ आवाद्ध ब्यक्तिहरु माझ प्रयास गरिरहेका छौ।

    सो ब्याबसयका एकजना सदस्यको अनुसार चेत नारायण न्यौपाने द्वारा एक वेबसाईट बनाई मलेसियामा रहेर रगत र पसिना सङ श्रम लाई साट्दै गरेका सोझो नेपाली काम्दार लाई छोटो समयमा धेरै कमाउने विभिन्न प्रलोभन मा पार्दै 1W1b अनलाईन ब्याबसाय नाम दिएर मोटो रकम जम्मा गर्ने खेती मा लागेको बास्तबिकता सार्बजनिक गरेका छन ।

    अबैधानिक हैसियत मा रहेको उक्त कम्पनी एउटा वेबसाइट कै भर मा कुनै इन्भेस्टमेन्ट प्लानिङ बिना यो चलिरहेको र ठोस व्यवस्था र कुनै बैधानिक नीति नभएको कानुनी रुपमा आधिकारिक्ता नपाएको र यस्ले जति पनि पैसा असुल गर्ने गरेको छ। त्यो सबै हुण्डी बाट आर्थिक लेन्देन हुने भएकाले पनि स्वत अबैधानिक छ ।भन्ने अनुमान जो कोहिले पनि लाउन सकिन्छ।

    कम्पनीको बारे कसैले बुझ्ने कोसिस गरे वा सोध खोज गर्दा त्यस्को युजर एकाउन्ट ब्लक गरि सम्पर्क बिहिन हुने समेत गर्दै आएका थुप्रै गुनासाहरुका चाङ लागेको छ।यसरी थोरै पैसा लगानि गरेर धेरै आम्दानी हुने सपना देखेका धेरै नेपालिहरु यस्को सिकार बनिरहेका छन। दिनदाहाडै यसरी आफुहरु ठगिएको थाहा आएपछि उक्त नेटवर्क व्यावसाय सङ आवद्ध सदस्यहरूले केही कानुनी मापदण्ड पुर्याएर अब उजुरी अदालत जाने तयारीमा जुटेका उक्त ब्याबसायका एक सदस्यले जानकारी दिएका छ्न ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…