२०७४ फाल्गुन ८ मंगलबार
काठमाडौं । काठमाडौंको तीनकुनेमा बम भएको आशङ्कामा सेनाको डिस्पोजल टोली पुगेको छ ।
तीनकुनेको बाग्मती पुलमा सडक छेउ बेबारिसे कालो व्याग भेटिएपछि सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको हो ।
बेबारिसे कालो व्याग भएको स्थानको तल तीनकुने प्रहरी चौकी रहेको छ ।
अहिले सो स्थानमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको नेपाल बन्दका क्रममा तर्साउनका लागि मुलुकका विभिन्न ठाउँमा बम राखिएको छ ।
सो वस्तु पनि विप्लव नेकपाले राखेको आशङ्का गरिएको छ ।
उक्त वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।