• २०७४ फाल्गुन ८ मंगलबार

    बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

    व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी दिए । बम कसले र किन राखेको भन्नेबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    गएराति नै बागलुङ नगरपालिका–२ धवलागिरि चोकमा बम विष्फोट भएको थियो ।

    विष्फोटनभएको सडकमा खाल्डो परेको र स्थानीय व्यवसायी श्रीधर कँडेलको घरको सिसा चर्केको छ । धवलागिरि चोकमा भएको विष्फोटनबारे भने प्रहरीले अनभिज्ञता प्रकट गरेको छ ।

    मध्यरातमा ठूलो आवाजसहित विष्फोटको आवाज आएपछि सर्वसाधारण त्रस्त भएका थिए ।

    आज बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले बम विष्फोट गराएको आशंका गरिएको छ ।

    बन्दका कारण बागलुङलगायत धवलागिरि क्षेत्रको जनजीवन बिहानैदेखि प्रभावित बनेको जनाइएको छ ।

    बन्दका कारण यातायात, बजार ठप्प छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …